विवादास्पद यौनकाण्डमा नाम मुछिएपछि बेलायतका प्रिन्सद्वारा सम्पूर्ण उपाधि र सम्मान त्याग्ने घोषणा



प्रकाशित मिति : आश्विन ३०, २०८२ शुक्रबार

विवादास्पद यौनकाण्डमा नाम मुछिएपछि बेलायतका प्रिन्सद्वारा सम्पूर्ण उपाधि र सम्मान त्याग्ने घोषणा

बेलायतका प्रिन्स एन्ड्र्यूले उपाधि तथा सम्मानहरू त्याग्ने घोषणा गरेका छन्। उनले यो निर्णय आफ्नो परिवार र राजासँगको परामर्शपछि गरिएको बताएका छन्।

प्रिन्स एन्ड्र्यूले लामो समयदेखि यौनकाण्डका दोषी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण बढ्दो दबाब झेल्दै आएका थिए। बकिङ्घम प्यालेसले उनीविरुद्ध कारबाही गर्नुपर्ने आवाज बढेसँगै उनले स्वेच्छाले आफ्ना उपाधि फिर्ता गर्ने निर्णय गरेका हुन्।

अब एन्ड्र्यू “ड्युक अफ योर्क” उपाधिबाट समेत वञ्चित हुनेछन्। बेलायतको सबैभन्दा पुरानो शौर्य संघको सदस्यता पनि त्याग्नेछन्। उनले वक्तव्यमा भनेका छन्, “ममाथि लगाइएका सबै आरोपहरूलाई म दृढतापूर्वक अस्वीकार गर्छु।” “पाँच वर्षअघि सार्वजनिक भूमिकाबाट अलग हुने निर्णयमा म आज पनि अडिग छु।

विवादास्पद यौनकाण्डमा नाम मुछिएपछि बेलायतका प्रिन्सद्वारा सम्पूर्ण उपाधि र सम्मान त्याग्ने घोषणा

विवादास्पद यौनकाण्डमा नाम मुछिएपछि बेलायतका प्रिन्सद्वारा सम्पूर्ण उपाधि र सम्मान त्याग्ने घोषणा

राजाको सहमतिसँगै अब म थप कदम चाल्दै मेरा सबै उपाधि र सम्मानहरू प्रयोग नगर्ने निर्णय गरेको छु,” उनले निकालेको वक्तव्यमा उल्लेख छ। यो निर्णय प्रिन्स अफ वेल्स विलियम र राजा चार्ल्स दुवैसँगको परामर्शपछि गरिएको हो। एन्ड्र्यूले अझै पनि “प्रिन्स” उपाधि भने राख्नेछन्। तर “ड्युक अफ योर्क” उपाधिबाट भने वञ्चित हुनेछन्।

यो उपाधि उनलाई दिवंगत रानी एलिजाबेथले प्रदान गरेकी थिइन्। पहिले नै उनी राजकीय जिम्मेवारी निर्वाह गर्ने सदस्यबाट हटाइएका थिए। पछिल्ला वर्षहरूमा एन्ड्र्यू अनेक विवादमा फँसेका छन्। भर्जिनिया जिउफ्रेसँगको कानुनी समझदारी, आर्थिक प्रश्नहरू, र एक चिनियाँ जासुससँगको सम्पर्कसमेतमा उनी चर्चामा रहँदै आएका छन्।

एन्ड्र्यूकी पूर्वपत्नी सारा फर्गुसन अब “डचेस अफ योर्क” रहने छैनन् तर उनीहरूका दुई छोरीहरूले “प्रिन्सेस” उपाधि भने कायम राख्नेछन्। एन्ड्र्यूमाथि एप्स्टिनसँगको सम्बन्धबारे प्रश्नहरू अझै कायम छन्। डिसेम्बर २०१० मा न्युयोर्कमा फोटो खिचिएपछि उनले एप्स्टिनसँग सबै सम्पर्क तोडेका बताएका थिए। तर २०११ फेब्रुअरीमा आएको इमेलहरूले उनी त्यसपछि पनि सम्पर्कमा रहेको देखाएको छ।

बकिङ्घम प्यालेसभित्र उनीमाथिका निरन्तर विवादले बढ्दो असन्तोष ल्याएको बताइन्छ। अर्को साताबाट दिवंगत भर्जिनिया जिउफ्रेको आत्मकथा प्रकाशन हुँदैछ।

जसमा उनले एप्स्टिन र एन्ड्र्यूसँगको सम्बन्धबारे विवरण दिएकी छिन्। जिउफ्रेको दाबीअनुसार, उनी १७ वर्षकी हुँदा सन् २००१ मा लन्डनस्थित घिसलेन म्याक्सवेलको घरमा एन्ड्र्यूसँग यौन सम्बन्धका लागि बाध्य पारिएकी थिइन्।

विवादास्पद यौनकाण्डमा नाम मुछिएपछि बेलायतका प्रिन्सद्वारा सम्पूर्ण उपाधि र सम्मान त्याग्ने घोषणा

उनले न्यूयोर्क र अमेरिकी भर्जिन टापुमा पनि दुई पटक यस्तो घटना भएको आरोप लगाएकी थिइन्। सन् २०२२ मा एन्ड्र्यूले अदालतबाहिर आर्थिक सम्झौता गर्दै जिउफ्रेको मुद्दा अन्त्य गरेका थिए। उनले सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्।





Source link

Leave a Comment