विराटनगरमा स्रष्टाद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र केशवप्रसाद रेग्मीलाई सम्मान


विराटनगरमा स्रष्टाद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र केशवप्रसाद रेग्मीलाई सम्मान अर्पिएकाे छ।

खोटाङ सामाजिक सेवा मञ्च, केन्द्रीय कार्यालय, विराटनगरको भाषा, साहित्य, कला उन्नयन उपसमितिले स्रष्टा सम्मान तथा नियमित रचना वाचन कार्यक्रमको ४४ औँ श्रृङ्खलाको अवसरमा स्रष्टाद्वयलाई सम्मान अर्पिएको हो।

 कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू बलराम पोखरेल, मधु पोखरेल, सरला चापागाई, बाबुराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्ण भण्डारी ुमार्सेलीु लगायतले संयुक्त रूपमा स्रष्टाद्वयलाई माला, खादा र दोसल्ला ओढाएर सम्मान अर्पिएका थिए।

वरिष्ठ साहित्यकार बाबुराम पोखरेलले सम्मानित स्रष्टाहरूको योगदानको चर्चा गरेका थिए। उनले वरिष्ठ साहित्यकार श्रेष्ठले कविता, निबन्ध, लघुकथा, नाटक लगायतका विधाका दुई दर्जनभन्दा बढी कृतिको रचना, ुमधुपर्कु लगायत दर्जनौँ पत्रपत्रिकाको सम्पादन तथा चलचित्र क्षेत्रमा समेत बलियो उपस्थिति मार्फत भाषा, साहित्य र कलाको क्षेत्रमा पुर्याएको योगदानको  कदर गर्दै सम्मान अर्पिएको बताए।

पोखरेलले अर्का सम्मानित व्यक्तित्व रेग्मीले खोटाङ जिल्लामा जन्मिएर गुल्मीमा शिक्षाको विकास तथा सप्तरी, सुनसरी र मोरङमा सामाजिक रूपान्तरणको क्षेत्रमा पुर्यएको योगदान र आधा दर्जनभन्दा बढी कृति मार्फत नेपाली साहित्यको उन्नयनमा खेलेको भूमिकाको सराहना गर्दै सम्मान गरिएको बताए।

प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपानेले मानिस कर्म गर्नकै लागि जन्मिएकाले सम्मानित सष्टाहरूले जस्तै कृति रहने खालका सत्कर्म गरिएमा मानव चोला सफल र सार्थक हुने बताए।

विशेष अतिथि प्राज्ञ विवश पोखरेलले साहित्य देश विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गर्दै प्राप्त ज्ञान र अनुभवको व्यवहारिक कार्यान्वयन गर्दै समाज विकासमा जुट्न सबैलाई आग्रह गरे।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ुमार्सेलीु ले खोटाङ सामाजिक सेवा मञ्च साझा प्रयासबाट समाजको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित संस्था भएको र भाषा, साहित्य र कलाको यथोचित विकासबिना समाजको सर्वाङ्गीण विकास सम्भव नभएकाले यसले यस क्षेत्रमा समेत नियमित रूपमा काम गर्दै आएको बताउदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे।

सो अवसरमा प्राडा। हरिहर भण्डारी, डा। देवी पन्थी, हरि कट्टेल, दिनेशराज सुवेदी (दिङ्लाली कान्छो), गोपाल निर्भिक लगायत स्रष्टाले आआफ्ना रचना वाचन  गरेका थिए।

उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सदस्य लक्ष्मी पोखरेलले गरेकी थिइन् भने युवा कवि नानुमैया दाहालले स्वागत मन्तब्य राखेकी थिइन्।

आयोजक संस्थाका अध्यक्ष साहित्यकार बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति पुरस्कारको राशि १११११, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव- नर्वदा स्मृति पुरस्कारको राशि १११११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नर्मदाकुमारी पोखरेल स्मृति पुरस्कारको राशि १५००० रहेको छ।

खोटाङ सामाजिक सेवा मञ्चको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्राडा हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कारका संस्थापक सदस्यहरू तथा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले मन्तव्य राखेका थिए। उनले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकाले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगका लागि पुरस्कारहरूको स्थापना गरिएको बताए।

साहित्यकार तथा संस्थापक सदस्य नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रूपान्तरणको सशक्त हतियार भएकाले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको बताइन्।

कार्यक्रममा पुरस्कार संस्थापकहरूलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने अक्षयकोष दाताका परिवारका सदस्यहरूलाई समेत खादाद्वारा सम्मान गरिएको थियो।

यस कार्यक्रममा पुरस्कार संस्थापक परिवारको तर्फबाटले सारगर्भित मन्तव्य राखेका थिए भने प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना दिएका थिए।

यसै क्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्राडा हरिहर भण्डारी, मधु पोखरेल, साहित्यकार सरला चापागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रतिष्ठानका सदस्य रोहिणी रसिकको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मदन भण्डारीको रहेको थियो। विराटनगरमा तीन राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ।

मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित मुक्तक वाचन तथा पुरस्कार स्थापनाको घोषणा कार्यक्रममा उक्त साहित्य( पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो।

आयोजक संस्थाका अध्यक्ष साहित्यकार बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति पुरस्कारको राशि १११११, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव( नर्वदा स्मृति पुरस्कारको राशि १११११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नर्मदाकुमारी पोखरेल स्मृति पुरस्कारको राशि १५००० रहेको छ।

खोटाङ सामाजिक सेवा मञ्चको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्राडा हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कारका संस्थापक सदस्यसाहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ।

मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित मुक्तक वाचन तथा पुरस्कार स्थापनाको घोषणा कार्यक्रममा उक्त साहित्य( पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो।

आयोजक संस्थाका अध्यक्ष साहित्यकार बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति पुरस्कारको राशि १११११, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव( नर्वदा स्मृति पुरस्कारको राशि १११११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नर्मदाकुमारी पोखरेल स्मृति पुरस्कारको राशि १५००० रहेको छ।

खोटाङ सामाजिक सेवा मञ्चको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्राडा हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कारका संस्थापक सदस्यहरू तथा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ मंसिर २०८२ ०९:१४ सोमबार





Source link

Leave a Comment