विराटनगरमा दुई दिने वुमेन्स् एक्स्पो

विराटनगरमा दुई दिने वुमेन्स् एक्स्पो


विराटनगरमा दुईदिने सिएनआई कोशी वुमेन्स् एक्स्पो भइरहेको छ। एक्स्पो नेपाल उद्योग परिसंघ कोशी प्रदेशको महिला उद्यम समितिले आयोजना गरेको हो।

विराटनगरको अतिथि सदनमा शुक्रबारदेखि सुरु भएको वुमेन्स् एक्स्पो आज समापन हुने छ। कोशी प्रदेशका महिला उद्यमीले उत्पादन गरेको लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तुका ६० भन्दा बढी स्टल राखिएका छन्।

महिलालाई उद्योग, व्यापार, व्यवसायमा अग्रसर बनाउनका लागि एक्स्पो आयोजना गरिएको बताउँदै संयोजक रचना राठीले भनिन्, ‘महिला उद्यमीहरुको उत्थान, हौसला र विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ महिला उद्यमशीलतासम्बन्धी प्रदर्शनी गरेका हौं।’

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले एक्स्पोको उद्घाटन गरेकी थिइन्। उद्घाटन कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, परिसंघ कोशीका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीलगायतको सहभागिता थियो।

एक्स्पोमा दैनिक उपभोग्य वस्तु, स्थानीय उत्पादन, घरेलु एवम् औद्योगिक वस्तुलगायतको प्रदर्शनी रहेको छ। एक्स्पोमा हुम्ला, जुम्ला, संखुवासभा, पाँचथर, धनकुटा, ताप्लेजुङ, झापा, मोरङ र सुनसरी जिल्लाका महिला उद्यमीले उत्पादन गरेको कपडा, उपभोग्य वस्तु, कृषिजन्य, जडीबुटी, हस्तकलालगायतका सामाग्री छन्। एक्स्पोमा २५ लाखको कारोबार हुने अनुमान छ।

प्रकाशित: २४ चैत्र २०८० १२:५२ शनिबार

विराटनगर
सिएनआई कोशी वुमेन्स् एक्स्पो
नेपाल उद्योग परिसंघ कोशी प्रदेश





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School