विमान दुर्घटना अपडेट : पूर्वमुख्यमन्त्री रूपाणीसहित बेलायती र पोर्चुगाली नागरिक पनि थिए सवार



प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार


भारतको गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो विमान दुर्घटना भएको छ। एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान, फ्लाइट नम्बर एआई- १७१, दिउँसो १ : ३८ बजे उडे लगत्तै १ : ४० बजे दुर्घटनामा परेको हो ।

विमानमा जम्मा २४२ जना सवार थिए, जसमा ५३ जना बेलायती, ६ जना पोर्चुगाली नागरिक, ११ जना चालक दलका सदस्य तथा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार थिए। हालसम्म ३१ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

विमान टेकअफ गरेपछि अचानक नियन्त्रण गुमाएर विमानस्थलको दक्षिणी पर्खाल नजिकै रहेको एयर कस्टम कार्गो अफिसको छेउमा ठोक्किएको थियो। ठक्करसँगै आगलागी भएको थियो, जसका कारण पूरै क्षेत्रमा कालो धुवाँ फैलिएको थियो।

विमान दुर्घटना अपडेट : पूर्वमुख्यमन्त्री रूपाणीसहित बेलायती र पोर्चुगाली नागरिक पनि थिए सवार

विमान दुर्घटना अपडेट : पूर्वमुख्यमन्त्री रूपाणीसहित बेलायती र पोर्चुगाली नागरिक पनि थिए सवार

दुर्घटना लगत्तै दमकल, प्रहरी, एम्बुलेन्स र एनडीआरएफको टोली घटनास्थलमा पुगेको थियो। स्थानीय बासिन्दाले पनि उद्धार कार्यमा सहयोग गरेका छन्।





Source link

Leave a Comment