विमान दुर्घटनापछि आफ्ना प्रियजनको अवशेषहरूको प्रतीक्षामा छन् आफन्तहरू



प्रकाशित मिति : असार २, २०८२ सोमबार

FOCUS | India initiates formal investigation into deadly plane crash

भारतमा दशकौँयताकै सबैभन्दा गम्भीर विमान दुर्घटनापछि स्वास्थ्य अधिकारीहरूले मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गर्न सुरु गरेका छन्। तर, धेरै परिवारहरू अझै पनि डिएनए परीक्षणको नतिजाको प्रतीक्षामा छन्।

एयर इन्डियाको लन्डन गइरहेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान गत बिहीबार अहमदाबादको आवासीय क्षेत्रमा दुर्घटना हुँदा विमानमा सवार २४२ यात्रु र चालक दलका १२ सदस्यमध्ये एक जना मात्र जीवित बच्न सके। दुर्घटनामा जमिनमा रहेका कम्तीमा ३८ जनाको पनि ज्यान गएको थियो। कुल मृतकको संख्या २७९ पुगेको छ।

दुर्घटनामा परी ज्यान गुमाएका केही व्यक्तिको अन्त्येष्टि भइसकेको छ, भने धेरै आफन्तहरू आफ्ना प्रियजनको पहिचानका लागि अझै पीडादायी प्रतीक्षा गरिरहेका छन्।

विमान दुर्घटनापछि आफ्ना प्रियजनको अवशेषहरूको प्रतीक्षामा छन् आफन्तहरू

विमान दुर्घटनापछि आफ्ना प्रियजनको अवशेषहरूको प्रतीक्षामा छन् आफन्तहरू

२२ वर्षीय रिनल क्रिश्चियन, जसका दाजु दुर्घटनाग्रस्त विमानमा सवार थिए, भन्छन्, “हामीलाई ४८ घण्टामा जानकारी दिने वाचा गरिएको थियो, तर चार दिन बितिसक्दा पनि कुनै जवाफ आएको छैन।”

क्रिश्चियनले थपे, “मेरो दाजु परिवारका एक मात्र कमाउने व्यक्ति थिए। अब के हुने होरु”

अहमदाबादको एक अन्त्येष्टि समारोहमा लन्डनमा कार्यरत ३१ वर्षीया मेघा मेहताको अन्त्येष्टि गर्दा २० देखि ३० जना शोकसन्तप्त आफन्त सहभागी थिए।

सिभिल अस्पताल अहमदाबादका डा. राजनीश पटेलका अनुसार, आइतबार बेलुकासम्म ८० जना पीडितको पहिचान भइसकेको थियो। “यो प्रक्रिया समय लाग्ने र अत्यन्तै सावधानीपूर्वक गरिनुपर्ने हो,” उनले भने।

एक पीडितका आफन्तले आफ्नो नाम गोप्य राख्ने शर्तमा भने, “हामीलाई शव राखिएको कफिन खोल्न नदिन भनिएको छ।”

विमान दुर्घटनापछि आफ्ना प्रियजनको अवशेषहरूको प्रतीक्षामा छन् आफन्तहरू

दुर्घटनास्थलमा प्रत्यक्षदर्शीहरूले जलेका शव र विखण्डित अवशेषहरू देखेको बताएका छन्। उद्धारकर्मीहरू अझै पनि भग्नावशेष हटाउने कार्यमा संलग्न छन्, भने सुरक्षाकर्मीहरूले घटनास्थलको निरीक्षण जारी राखेका छन्।

एयर इन्डियाले जनाएको अनुसार विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगिज, एक जना क्यानाडाली नागरिक तथा चालक दलका १२ सदस्य सवार थिए।

दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। भारतीय अधिकारीहरूले सबै ड्रिमलाइनर विमानको जाँच गर्न निर्देशन दिइसकेका छन्।

शनिबार उड्डयनमन्त्री राम मोहन नायडु किन्जारापुले पहिलो ब्ल्याक बक्स (फ्लाइट डाटा रेकर्डर) प्राप्त भएको र त्यसको विश्लेषणबाट दुर्घटनाको कारणबारे ‘गहिरो अन्तर्दृष्टि’ प्राप्त हुने आशा व्यक्त गरेका थिए। आइतबार ककपिट भ्वाइस रेकर्डर पनि फेला पारिएको छ, जसले थप जानकारी दिन सक्नेछ।

दुर्घटनाबाट एक मात्र जीवित व्यक्ति बेलायती नागरिक विश्वास कुमार रमेश हुन्। उनका भाइ पनि विमानमै सवार थिए।

उनलाई खोज्न प्रतीक्षारत इम्तियाज अलीले भने, “हामी अझै पनि डिएनए मिलानको प्रतिक्षामा छौं। एयरलाइन्सले पीडित परिवारहरूलाई तत्काल सहयोग गर्नु पर्छ। यो त उनीहरूको कर्तव्य हो।”

अलीले थपे, “अबको अर्को चरण भनेको दुर्घटनाको कारण पत्ता लगाउनु हो। हामीले सत्य जान्नैपर्छ।”





Source link

Leave a Comment