विनाभिसा सिमा पारेर अमेरिका प्रवेश संख्यामा पाँचौं महिना पनि गिरावट, सेप्टेम्बर २०२० यताकै कम

विनाभिसा सिमा पारेर अमेरिका प्रवेश संख्यामा पाँचौं महिना पनि गिरावट, सेप्टेम्बर २०२० यताकै कम



प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार

विनाभिसा सिमा पारेर अमेरिका प्रवेश संख्यामा पाँचौं महिना पनि गिरावट, सेप्टेम्बर २०२० यताकै कम

अमेरिकाको दक्षिणी सिमानामा आप्रवासीहरूद्वारा विनभिसा सिमापार गर्ने क्रम क्रसिङ जुलाईमा अझ घटेको छ । यो क्रममा विगत ५ महिनादेखि लगातार कमी हुँदै आएकोमा जुलाईमा २०२० को सेप्टेम्बरपछिको सबैभन्दा कमी आएको छ ।

अमेरिकी सीमा गस्ती एजेन्टहरूले जुलाईमा अमेरिका मेक्सिको सिमाना क्षेत्रमा लगभग ५६ हजार आप्रवासीलाई पक्राउ गरेका छन् । जुन सेप्टेम्बर २०२० पछिको सबैभन्दा कम संख्या हो । त्यतीबेला एजेन्सीले लगभग ५५ हजार पक्राउहरु रिपोर्ट गरेको थियो ।

डिसेम्बरमा टेक्सास र एरिजोनाका केही भागहरूमा एजेन्टहरूले २ लाख ५० हजारलाई पक्राउ गरेका थिए । जुन जुलाईको संख्याको तुलनामा चार गुणा बढी थियो । जुलाईमा सीमा पार गर्ने क्रममा उल्लेखनीय कमीले यो बर्ष सुरु भएको गैरकानुनी आप्रवासनमा उल्लेखनीय गिरावट जारी रहेको छ ।

सीमा गस्तीले जुनमा ८४,००० आप्रवासीलाई पक्राउ गरेको थियो । यो संख्या मे मा १ लाख १८ हजार, अप्रिलमा १ लाख २९ हजार, मार्चमा १ लाख ३७ हजार र फेब्रुअरीमा १ लाख ४१ हजार रहेको थियो । ती तथ्याङ्कहरूमा पोर्ट अफ इन्ट्रीबाट भएका आधिकारिक सीमा क्रसिङहरु समावेश छैनन् । बाइडेन प्रशासनले मेक्सिकोमा पर्खिरहेकाहरूलाई अपोइन्टमेन्टहरू वितरण गर्ने फोन एप मार्फत प्रति दिन लगभग १५ सय आप्रवासीहरूलाई प्रशोधन गरिरहेको छ ।

अमेरिकी अधिकारीहरूले हालैका हप्ताहरूमा सीमा क्रसिङमा ठूलो कमी आएको कारण राष्ट्रपति बाइडेनले जुनको सुरुमा जारी गरेको घोषणा भएको बताएका छन् । उक्त घोषणाले अमेरिकी शरण प्रणालीमा नाटकीय रूपमा पहुँच कम गरेको छ।

यति उसंख्या ल्लेखनीय रूपमा घटेको छ कि दैनिक अवैध सीमा पार गर्नेहरुको संख्या साप्ताहिक औसतमा १५ सयको थ्रेसहोल्डको नजिक छ । उक्त थ्रेसहोल्ड पूरा भएमा बाइडेन प्रशासनले सिमाक्षेत्रमा लगाएको प्रतिबन्ध हटाउनेछ । डिसेम्बरमा सीमा गस्तीले प्रति दिन लगभग ८ हजार अवैध क्रसिङ रेकर्ड गरेको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School