प्रकाशित मिति : माघ २०, २०८१ आईतबार
रुसले युक्रेनमा रहेको एउटा विद्यालयमा आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन । घाइतेहरु अधिकांश बृद्ध नागरिकहरु छन ।
स्थानीय नागरिकहरु शरण लिन र बाहिर जान तयार भइरहेको बेला रुसले उक्त विद्यालयमा बमबारी गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दावी गरेका छन ।
यूक्रेनी सेनाले ५ महिनादेखि नियन्त्रणमा राखेको कुर्स्क क्षेत्रमा पर्ने सुद्जा नगरमा रुसले बमबारी गरेको बताएको छ । रुसले बमबारीको दोष यूक्रेनमाथि लगाएको छ ।
जेलेन्स्कीले एक्समा पोष्ट गर्दै यो घटनाले रूसलाई ूसभ्यताको अभाव भएको राज्यू को रूपमा उजागर गरेको आरोप लगाएका छन ।
यूक्रेनी सेनाको जनरल स्टाफले यो आक्रमण अन्जानमा गरिएको आक्रमण नभएको बताएका छन । रूसको रक्षा मन्त्रालयले शनिवारको आक्रमण यूक्रेनले गरेको दावी गरेको छ ।
यूक्रेनले गत अगस्टमा कुर्स्क क्षेत्रको रूसी प्रदेशमा छिटो आक्रमण गर्दा रूसी सीमा रक्षकहरूलाई अचम्मित बनाएको थियो । रुसले युक्रेनबिरुद्ध हमला सुरु गरेको ३ बर्ष पुगेको छ ।
सयौंको मृत्यु भएको छ । लाखौं विस्थापित भएका छन । पछिल्ला दिनहरुमा आएर दुबै देशले एक अर्का बिरुद्ध आक्रमणलाई तिब्र बनाएका छन ।
युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरुमा आक्रमण गरि ठूलो क्षति पुराएको छ । रुसले युक्रेनका उर्जा क्षेत्रमा आक्रमण गरि धेरै क्षेत्रहरुलाई बिजुलीविहिन बनाइ दिएको छ ।