वासिङ्टन डी.सी.मा नेशनल गार्ड परिचालन गर्ने ट्रम्पको कदममाथि संघीय न्यायाधीशको रोक



प्रकाशित मिति : मंसिर ५, २०८२ शुक्रबार

वासिङ्टन डी.सी.मा नेशनल गार्ड परिचालन गर्ने ट्रम्पको कदममाथि संघीय न्यायाधीशको रोक

एक अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा वासिङ्टन डी.सी. मा नेशनल गार्ड परिचालन गर्ने कदम अस्थायी रूपमा रोक्ने आदेश दिएका छन्। स्थानीय नेतृत्वको सहमति बिना राजधानीमा नेशनल गार्ड पठाउने ट्रम्प प्रशासनको निर्णयमाथि आएको यो आदेश राष्ट्रपति ट्रम्पका कानुनी प्रयासहरूमा ठूलो झट्का मानिएको छ।

अमेरिकी जिल्ला न्यायाधीश जिया कोबले नेशनल गार्डलाई घरेलु कानुन कार्यान्वयनका लागि प्रयोग गर्न मेयरको स्वीकृति अनिवार्य हुने भन्दै ट्रम्प प्रशासनलाई अवरोध लगाइन्। तर, उनले निर्णयमा ११ डिसेम्बरसम्मका लागि रोक लगाएकी छन्, जसले प्रशासनलाई अपिल गर्न समय प्रदान गर्छ।

यसैबीच, देशभरका अन्य सहरहरूमा पनि ट्रम्पद्वारा नेशनल गार्ड प्रयोगका विरुद्ध कानुनी लडाइँ चलिरहेका छन्। ट्रम्पले अवैध आप्रवासनविरुद्धको कारबाहीमा ‘अराजकता र हिंसात्मक गतिविधि नियन्त्रण’ गर्ने भन्दै लस एञ्जेलस, सिकागो र पोर्टल्याण्डमा समेत सेना पठाउने घोषणा गरेका थिए।

डिस्ट्रिक्ट अफ कोलम्बियाका अटर्नी जनरल ब्रायन स्वाल्बले नेशनल गार्ड परिचालनलाई “खतरनाक मिसाल” भन्दै सेप्टेम्बरमा मुद्दा दायर गरेका थिए। मुद्दामा ट्रम्पले राजधानीको कानून–प्रवर्तन संयन्त्र अवैध रूपमा हरण गरेको र घरेलु प्रहरी कार्यमा नेशनल गार्ड संलग्न गराएर कानुन उल्लंघन गरेको आरोप छ।

वासिङ्टन डी.सी.मा नेशनल गार्ड परिचालन गर्ने ट्रम्पको कदममाथि संघीय न्यायाधीशको रोक

ह्वाइट हाउसले भने ट्रम्पले कानुनी अधिकार प्रयोग गरेको दाबी गर्दै मुद्दालाई ‘राजनीतिक प्रपञ्च’को संज्ञा दिएको छ। प्रशासनका वकिलहरूले नेशनल गार्ड परिचालनले अपराध नियन्त्रणमा मद्दत गरिरहेको पनि बताए।

स्थानीय नेतृत्वले विरोध गरेका सहरहरूमा प्रारम्भिक अदालतहरूले अधिकांश अवस्थामा नेशनल गार्ड परिचालन रोक्न आदेश दिइसकेका छन्। तर, एक अपिल अदालतको निर्णयपछि लस एञ्जेलसमा भने नेशनल गार्ड बसिरहन अनुमति पाएका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment