प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

गत हप्ता अमेरिकाको वाशिङ्टन डी.सी. मा भएको गोलीकाण्डमा घाइते भएका एअर फोर्स स्टाफ सर्जेन्ट एन्ड्र्यू वोल्फको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले वोल्फ विस्तारै निको हुँदै गइरहेको जानकारी गराएका हुन् ।
गभर्नर मोरिसीले भने, “उनका आमाबुबाले बताए अनुसार उनको टाउकोको चोट बिस्तारै निको हुँदैछ ।” उनले वोल्फ अझै दुईदेखि तीन हप्तासम्म अस्पतालमै रहनुपर्ने भए पनि प्रगतिको हिसाबले परिवार आशावादी रहेको बताए।
मोरिसीले भने, वोल्फले नर्सलाई औला उठाएर प्रतिक्रिया देखाए । साथै, आफ्ना औँलाहरू पनि हल्लाउन सक्षम भए, जसलाई सकारात्मक संकेतको रूपमा लिइएको छ।
गत हप्ता वेस्ट भर्जिनिया नेशनल गार्डका सदस्य वोल्फ र आर्मी स्पेसियलिस्ट सारा बेक्स्ट्रोममाथि वाशिङ्टन डी.सी. मा गोली प्रहार भएको थियो । गोली लागेपछि गम्भीर घाइते भएकी २० वर्षीया बेक्स्ट्रोमको २७ नोभेम्बरमा मृत्यु भएको थियो ।
उक्त आक्रमणमा संलग्न २९ वर्षीय अफगानी नागरिक रहमानुल्लाह लाकानवाल पक्राउ परेका थिए । घटनापछि अर्का एक गार्ड सदस्यले प्रतिकार गर्दै लकनवाललाई गोली हानेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
उनीमाथि हत्या, हतियारसहित मार्ने नियतले हमला र हिंसात्मक अपराधको लागि हतियार राख्ने आरोप लगाइएको छ। लाकानवालले आफुमाथि लगाइएका आरोपप्रति निर्दोष भएको बचाउ गरेका छन्।
वोल्फ वेस्ट भर्जिनिया एयर नेशनल गार्डको फोर्स सपोर्ट स्क्वाड्रन, १६७ औं एयरलिफ्ट विंगमा कार्यरत छन्। उनले २०२३ को सुरुदेखि फ्रन्टियर कम्युनिकेशन्समा लाइनम्यानको रूपमा काम गर्दै आएका छन्।
वोल्फ मार्टिन्सबर्ग, वेस्ट भर्जिनियाका हुन् । उनले फेब्रुअरी २०१९ देखि गार्डमा सेवा गर्दै आएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
