वाशिङ्गटनमा भएको गोली हानाहानमा २ जनाको मृत्यु



प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

अमेरिकाको वाशिङ्गटनमा भएको गोली हानाहानमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन ।

टकोमा शहरमा यो घटना भएको हो । घरमा पार्टीको भइरहेको बेला गोली हानाहान भएको प्रहरीले बताएको छ ।

पियर्स काउन्टी शेरिफ विभागले गोली हानाहानमा सम्लग्न भएको आरोपमा एकजना पुरुषलाई हिरासतमा लिएको छ ।

वाशिङ्गटनमा भएको गोली हानाहानमा २ जनाको मृत्यु

वाशिङ्गटनमा भएको गोली हानाहानमा २ जनाको मृत्यु

पक्राउ परेका व्यक्तिको उमेर भने खुलाइएको छैन ।

गोली लागेका व्यक्तिहरूको उमेर १६ देखि २१ वर्षको बीचमा रहेको अधिकारीहरुले बताएका छन ।

नजिकका घर र गाडीहरूमा गोली प्रहारबाट क्षति पुर्याएको बताइएको छ ।

प्रहरी विभागले नजिकका घरहरूको अवस्था बारेमा जानकारी लिएको थियो । प्रहरी घाइतेहरुको पनि खोजतलास गरेको थियो ।

अधिकारीहरूले खोजतलासको क्रममा दुई वटा हतियार भने फेला पारेको बताएका छन ।

वाशिङ्गटनमा भएको गोली हानाहानमा २ जनाको मृत्यु

गोली हानाहान किन भयो ? सम्लग्नहरु को को थिए भनेर अनुसन्धान सुरु गरेको अधिकारीहरुले बताएका छन ।

अमेरिकामा गोली हानाहानका घट्ना प्रायस हुने गरेका छन ।





Source link

Leave a Comment