वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म



प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म

कसैका लागि  ‘वसन्त’ एउटा चलचित्रमात्र लाग्न सक्छ, तर न्यूयोर्क निवासी उर्मिला लाम्गादेका लागि यो आफ्नै सपनाको पुनर्जन्म हो। किनभने गायिका तथा अभिनेत्री उर्मिला २२ वर्षको लामो अन्तरालपछि चलचित्र ‘वसन्त’ मार्फत अभिनयमा फर्केकी छिन्।

२२ बर्ष अगाडि टेलिसिरियल ‘दलन’ मा उनले नैनाको भूमिका निर्वाह गरेकी थिइन्। उक्त सिरियलमा उनले दलित समुदायभित्रको अन्तरजातीय विभेद र तेस्रो पुस्ताको प्रेम कथामा अभिनय गरेकी थिइन्। नैनाको चरित्रमार्फत उनले दलित समुदायका विश्वकर्मा र परियार परिवारको कथालाई जीवन्त बनाएकी थिइन्।

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म
२२ बर्ष अगाडि ‘दलन’मा उर्मिला ।

अहिले उनी चलचित्र ‘वसन्त’ मा एउटी आमाको संवेदनशील चरित्रमा देखिएकी छिन्। उर्मिला यो चलचित्रको छायांकनका लागि अमेरिकाको न्यूयोर्कबाट झण्डै ७ हजार माइलको यात्रा गरेर नेपाल गइन्। राजधानी काठमाडौंबाट ३ सय किलोमिटरभन्दा बढी दूरी पार गरेर बागलुङको एउटा गाउँमा पुगिन्, जहाँ उनले करिब ३ हप्ता बिताएर चलचित्रको छायांकन पूरा गरिन्।

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म

उर्मिला अभिनेत्री मात्र होइनन्, एक कुशल गायिका पनि हुन्। उनले बेलाबेला गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। १३ वर्षको लामो अन्तरालपछि करिब ५ वर्षअघि गायन यात्रामा फर्किएकी उनले यो अवधिमा झण्डै आधा दर्जन गीत रिलिज गरिसकेकी छिन्। ‘माया बैगुनी’, ‘ताजाताजा’, ‘लिन आउँछु भन्थ्यौ’, ‘समान सबै जात हजुर’ जस्ता गीतहरूले उनको गायन प्रतिभालाई उजागर गरेका छन्। हेटौंडाको रातामाटेमा जन्मिएकी उर्मिलालाई बच्चैदेखि गायन र अभिनय दुवैमा रुचि थियो। तर उनको अभिनयको शौखलाई पहिलो पटक २२ वर्षअघि ‘दलन’ ले पूरा गरिदियो।

त्यसपछि उनी म्युजिक भिडियो र स्वास्थ्य मन्त्रालयले निर्माण गरेका चेतनामूलक टेलिभिजन विज्ञापनहरूमा पनि देखिएकी थिइन्। ती विज्ञापन नेपाल टेलिभिजनमा निकै चर्चित भएका थिए। तर सन् २०११ मा अमेरिका गएपछि उनको अभिनय यात्रा रोकिएको थियो। “बच्चाहरू साना थिए, त्यसैले अभिनय र गायनलाई निरन्तरता दिन सकिनँ। अहिले बच्चाहरू हुर्किसकेकाले गायन र अभिनयमा फर्कन सहज भएको छ,” उनी बताउँछिन्।

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म
नयाँ भूमिका, नयाँ यात्रा: ‘वसन्त’ मा उर्मिला लाम्गादे।

उर्मिलाले चलचित्र ‘वसन्त’ मा काम गर्नुको कारण सामाजिक मुद्दासँग जोडिएको बताउँछिन्। “२२ वर्षपछि अभिनयमा फर्कनुको एउटै कारण यो चलचित्रको कथा हो। दलित समुदायसँग सम्बन्धित सामाजिक विषयवस्तु भएकाले यो गर्नैपर्ने थियो,” उनले भनिन्। “बच्चाहरू साना भए पनि नेपाल गएर काम गर्नु फरक अनुभव र आनन्ददायक भयो। ठूलो रोल नभए पनि सानो भए पनि सामाजिक कथावस्तुमा आधारित भएकाले गाह्रो भएन। गाउँमा गएर मान्छेहरूसँग घुलमिल भएपछि आफू त्यहीँ बाँचिरहेको जस्तो लाग्यो। पहिले पनि त्यस्तै अनुभव बटुलेकी थिएँ, त्यसैले २२ वर्षपछि पनि सहज भयो। ‘दलन’ को तुलनामा यो चलचित्रमा बढी भावनात्मक अनुभव भयो।”

चलचित्र ‘वसन्त’ मा उर्मिलाले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतसँग काम गरेकी छिन्। प्रकाशले उनलाई आमाको भूमिकाका लागि अडिसनका रूपमा भिडियो पठाउन भनेका थिए। “प्रकाशले मेरो भिडियो हेरेर छनोट गर्नुभयो। उहाँसँग काम गर्नु सपना जस्तो लाग्यो,” उर्मिलाले भनिन्। “आफू पनि आमा भएकाले  वास्तविक अनुभवलाई चरित्रमा उतार्न सकेँ।”

बागलुङको धम्जामा २२ दिन बिताउँदा उर्मिलाले गाउँको वातावरणमा आफूलाई पूर्ण रूपमा भिजाइन्। “त्यहाँको वातावरणमा घुलमिल भएपछि आफू सधैं त्यहीँ बसेको जस्तो लाग्यो। चार दिनमै गाउँको माहोलमा अभ्यस्त भएँ,” उनले अनुभव सुनाइन्। “वर्कशप नगरीकनै गाउँमा गएर आमाहरूलाई हेरेर सिकेँ। त्यही गेटअपमा बस्दा गाउँमै भिजेको अनुभव भयो। अहिले पनि गाउँका मान्छेहरूसँग फोनमा कुरा गर्दा जोडिएको महसुस हुन्छ।”

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म
चलचित्र ‘वसन्त’ मा उर्मिला लाम्गादे।

‘वसन्त’ ले जातीय विभेद मात्र होइन, समाजमा विद्यमान रुढीवादी कुरीति, अन्धविश्वास र विभिन्न प्रकारका असमानताहरूलाई पनि उजागर गरेको छ। “यो समाज भर्सेस समाजको द्वन्द्व हो। एउटी आमाको संघर्ष पनि देखाइएको छ। गरिबीले निम्त्याएका दुःख र पीडालाई पनि समेटिएको छ,” उर्मिलाले बताइन्।

यो भूमिकामा अभिनय गर्दा उनले आफ्नो व्यक्तिगत जीवनको पीडालाई पनि जोडिन्। बुबालाई बच्चैमा र आमालाई झण्डै २० वर्षअघि गुमाएकी उनले ग्रामीण क्षेत्रकी दलित आमाको पीडा अभिनय गर्दा आफैंले आफ्नी आमाको अनुभव गरिन्।

यो चलचित्रमा आफ्नो अभिनयलाई आफ्नै सपनाको पुनर्जन्म ठान्छिन् उर्मिला। उर्मिलाको बाल्यकालदेखिको सपना थियो– चलचित्रमा अभिनय गर्ने। “२२ वर्षपछि यो सपना पूरा भएको छ। प्रकाश सपुत र टिमलाई धन्यवाद दिन चाहन्छु,” उनले भनिन्। विवाहपछि पनि उनको सपनालाई परिवारले साथ दिएको छ। “श्रीमान् रायन लाम्गादेले ‘तिम्रो सपना पूरा गर्नु नै मेरो सपना हो’ भन्नुहुन्छ। बच्चाहरूले पनि हौसला दिएका छन्,” उर्मिलाले भनिन्।

वसन्त: २२ वर्षपछि न्यूयोर्ककी उर्मिलाको सपनाको पुनर्जन्म, सामाजिक कथामा छोरीदेखि आमासम्म
चलचित्र ‘वसन्त’ मा उर्मिला लाम्गादे: २२ वर्षपछि अभिनयमा पुनरागमन।

“सबैले यो चलचित्र हेरिदिनुहोला, माया गरिदिनुहोला,” उर्मिलाले चलचित्र ‘वसन्त’ हेर्नका लागि आग्रह गर्दै भनिन्। “अमेरिकाबाट गएर काम गर्दा केही अप्ठ्यारो भए पनि मन लगाएर गरेँ। अब गीत र चरित्रमा आधारित कामलाई निरन्तरता दिने योजना छ।”

उर्मिला लाम्गाडेको यो यात्रा केवल अभिनयको पुनरागमन मात्र होइन, सामाजिक मुद्दालाई पर्दामा उतार्ने एउटा सशक्त प्रयास पनि हो। उनको कथा पुराना सपनाहरूलाई जीवित राख्ने प्रेरणाको स्रोत बन्न सक्छ।

चलचित्र ‘वसन्त’को ट्रेलर हेर्न यहाँ क्लीक गर्नुहोला ।





Source link

Leave a Comment