वनमान्छे खोज्न गएका २ अमेरिकीको वाशिंगटन नजिकको जंगलमा मृत्यु



प्रकाशित मिति : पुस १५, २०८१ सोमबार

अमेरिकाको वाशिंगटनमा हराएका २ जना मृत अवस्थामा फेला परेका छन ।

त्यहाँका सुरक्षा अधिकारीका अनुसार खोज्नेक्रममा २ जना पुरुषको शव फेला परेको हो ।

ओरेगनको पोर्टल्याण्डका ती दुई पुरुष गिफोर्ड पिन्चोट राष्ट्रिय वनमा वन मान्छे खोज्न गएको तीन दिनसम्म नफर्किएपछि क्रिसमसको दिन परिवारका सदस्यले हराएको खबर गरेपछि खोजी अभियान सुरु भएको थियो।

स्कामेनिया काउन्टी शेरिफ कार्यालयका अनुसार कष्टपूर्ण खोजी अभियानमा ६० भन्दा बढी स्वयंसेवकहरू, विमान र कुकुरहरूको प्रयोग गरिएको थियो ।

खोजी कार्य घना बनयुक्त भूभाग र चिसो मौसमका कारण झन् कठिन भएको बताइएको छ ।

शेरिफ कार्यालयले जारी गरेको विज्ञप्तिमा मौसमको अवस्था र अपर्याप्त तयारीका कारण दुवै व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ ।

पीडितहरूको गाडी विलार्ड शहर नजिकै फेला परेपछि खोजीको क्षेत्र त्यही केन्द्रित गरिएको थियो । खोजीमा ड्रोनको समेत प्रयोग गरिएको थियो ।

तटरक्षक हेलिकप्टर टोली पनि सहयोगका लागि बोलाइएको थियो । दुई मृतकको नाम सार्वजनिक गरिएको छैन । उनीहरूको उमेर भने ३७ र ५९ बर्ष रहेको बताइएको छ।

वनमान्छे खोज्न गएका २ अमेरिकीको वाशिंगटन नजिकको जंगलमा मृत्यु

खोजी अघि र खोजीका दिनहरूमा कास्केड पहाडमा अत्यन्तै चिसो मौसम थियो । यो समयमा हिउँ, चिसो पानी परिरहने अवस्था र तापक्रम शून्य डिग्रीभन्दा तल झरेको थियो ।

वनमान्छे अर्थात सासक्वाचको सयौं कथित दृश्यहरू अमेरिकाकाको प्रशान्त उत्तरपश्चिम र क्यानडाको पश्चिमी भागमा पाइन्छ भनिएको छ । लोच नेस्स मनस्टरसँगै, यो प्राणी विश्वकै प्रसिद्ध रहस्यमयी प्राणीहरू मध्येको एक हो।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School