लेवनानमा पेजर विष्फोट हुँदा ९ जनाको मृत्यु , तनाव बढाउने गतिबिधि नगर्न अमेरिकाको इरानलाई आग्रह

लेवनानमा पेजर विष्फोट हुँदा ९ जनाको मृत्यु , तनाव बढाउने गतिबिधि नगर्न अमेरिकाको इरानलाई आग्रह



प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

लेवनानमा पेजरहरु विष्फोट हुँदा एक बच्चा सहित ९ जनाको मृत्यु भएको छ । झण्डै ३ हजार घाइते भएका छन । घाइते मध्ये २ सय बढीको अबस्था गम्भीर रहेको छ । घाइते धेरैले औला गुमाएका छन । मृतकमध्ये १ जना हिज्जबुल्लाह सांसदका छोरा समेत रहेको बताइएको छ ।

सशस्त्र समूह हिज्जबुल्लाहका सदस्यहरुले लेबनानमा सञ्चार गर्नका लागि बोकेका ह्याण्डहोल्ड पेजर बिफोष्ट भएका हुन । बिष्फोट हुनुअघि पेजरहरु तातेका केहि व्यक्तिहरुले महशुष गरेका थिए ।

इरान समर्थक हिज्जबुल्लाहले प्रयोग गरेका पेजरमा भएको बिष्फोटनमा मृत्यु हुने ९ जना मध्ये ८ जना लडाकु रहेको पुष्टि भएको छ । बिष्फोटनमा लेबनानको राजधानी बेरुतमा इरानका राजदूत पनि घाइते भएका बताइएको छ । धेरै क्षेत्रमा पेजरहरु एकैसाथ बिष्फोट भएका थिए ।

लडाकु समूह हिज्जबुल्लाहले घटनाको दोष इजरायलमाथी लगाउदै आपराधिक आक्रमकताको संज्ञा दिएको छ । हिज्जबुल्लाहले घटनाको बदला लिइने चेतावनी समेत दिएको छ । इजरायली सेनाले भने पेजर बिष्फोटनका घटनाबारे टिप्पणी गर्न अस्विकार गरेको छ ।

हिज्जबुल्लाहले इरान समर्थित प्यालेस्टिनी समूहको समर्थनमा काम गरिरहेको छ । गाजा क्षेत्रमा इजरायल र हमासबिच गत बर्षको अक्टोवर ७ मा युद्ध सुरु भएको दिनदेखि इजरायल लेबनान सीमामा दैनिकजसो गोलाबारी भइरहेको छ ।

संयुक्त राष्ट्रसंघले लेबनानमा भएको पछिल्लो घटनाक्रमहरुलाई अत्यन्तै चिन्ताजनक भनेको छ । यस्ता खालका घटनाहरुले अस्थिरतामात्रै निम्त्याउने राष्ट्रसंघले बताएको छ ।

घटनापछि इरानका बिदेशमन्त्रीले लेबनानका बिदेशमन्त्रीलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । अमेरिकाले पेजर बिष्फोटनको घटनामा आफनो सम्लग्नतालाई अस्वीकार गर्दै तनाव बढाउने गतिबिधि नगर्न इरानलाई आग्रह गरेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School