प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार
लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् ।
सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक सहयोग बढाउन आह्वान गर्नुभएको छ ।
सिरियाली विदेशमन्त्री बासम साबबागसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै पेडरसनले भन्नुभयो, सरकारले अहिलेसम्म जे गरेको छ त्यही गर्न र फर्कनेहरूलाई संरक्षण र सुरक्षा प्रदान गर्ने कार्य जारी राख्नुपर्छ उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गरेको र यो अत्यन्तै कमजोर परिस्थितिमा सिरियालाई आफ्नो आर्थिक सहयोग बढाउन आवश्यक रहेको उहाँको भनाई छ ।
सिरियाले सामना गरिरहेको व्यापक चुनौतीमाथि प्रकाश पार्दै पेडरसनले भन्नुभयो, राजनीतिक स्थिति, सुरक्षा स्थिति, सिरियाको सार्वभौमिकता र स्वतन्त्रताको पुनस्र्थापनालाई सम्बोधन गर्न आवश्यक छ।
सिरियामा सन् २०११ को मार्चदेखि गृहयुद्ध चलिरहेको छ जसका कारण लाखौं मानिस विस्थापित भएका छन् ।
लेबनानजस्ता छिमेकी मुलुकबाट शरणार्थीहरूको स्वदेश फिर्तीले देशको पहिलेदेखि नै सङ्घर्षरत पूर्वाधारमा दबाब थपेको छ ।