लुम्बिनी प्रदेश सरकारले झण्डै ३९ अर्बको बजेट ल्यायो , चालु बर्षको भन्दा करिब डेढ अर्ब कम

लुम्बिनी प्रदेश सरकारले झण्डै ३९ अर्बको बजेट ल्यायो , चालु बर्षको भन्दा करिब डेढ अर्ब कम



प्रकाशित मिति : असार २, २०८१ शनिबार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको शनिबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालु आवको भन्दा करिब डेढ अर्बभन्दा कम बजेट सार्वजनिक गर्नुभयो ।

कूल विनियोजनमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् आठ दशमलव ०६ प्रतिशत विनियोजन गरिएको छ ।

सङ्घीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण चालु आवमा भन्दा बजेट बढाउन नसकिएको मन्त्री आचार्यले सभालाई जानकारी गराउनुभयो ।

आगामी आवमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट सात अर्ब ५१ करोड २१ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब एक करोड ५० लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको छ ।

यस्तैगरी सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब २८ करोड ६४ लाख, सशर्त अनुदानबाट चार अर्ब १९ करोड ३३ लाख, समपूरक अनुदानबाट ७९ करोड ५० लाख, विशेष अनुदानबाट ७४ करोड ४६ लाख, चालु आवको नगद मौज्दातबाट दुई अर्ब परिचालन हुने प्रदेशसभामा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालाई बजेटमा मुख्य प्राथमिकता

लुम्बिनी प्रदेश अस्पताल प्रदेशको गौरव आयोजनाका रूपमा बजेटमा प्राथमिकतामा परेको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि रु एक अर्ब ८० करोड विनियोजन गरेको छ । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिने छ ।

लुम्बिनी प्रदेश सरकारले झण्डै ३९ अर्बको बजेट ल्यायो , चालु बर्षको भन्दा करिब डेढ अर्ब कम

प्रदेश गौरव आयोजनाका रूपमा रहेको अस्पतालको अत्यधुनिक १२ तले भवन निर्माणको काम भइरहेको छ । अस्पतालमा पछिल्लो पाँच वर्षयता सङ्घीय सरकारको लगानीमा दुईपटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् ।

अस्पताल विकास समितिले पनि आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School