लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रजेन्द्र केसीको अमेरिकाको केन्टकीमा निधन



प्रकाशित मिति : कार्तिक १७, २०८१ शनिबार

लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रजेन्द्र केसीको अमेरिकाको केन्टकीमा निधन

अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार रजेन्द्र केसीको निधन भएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिकामा मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका थिए ।

करिब ४ महिनाअघि मात्र केसीको जीवनमा यो अप्रत्याशित अवस्था आएको थियो । केसीको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

नेपालका राजधानी दैनिक, अन्नपुर्ण पोष्ट लगायतका राष्ट्रिय संचारमाध्यमहरुमा फोटोपत्रकारका रुपमा काम गरेका उनी फोटो जर्नालिष्ट क्लब नेपालका पूर्व कोषाध्यक्ष थिए भने नेपाल पत्रकार महासंघका प्रदेश समितिका सदस्य समेत थिए ।

लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रजेन्द्र केसीको अमेरिकाको केन्टकीमा निधन

केसीको उपचारमा केमोथेरापी गर्नुपर्ने अवस्था आएको थियो । नेपालबाट ६ वर्षअघि अमेरिका आएका केसीसँग श्रीमती र एक छोरी छन् । केसीको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आम्दानीको स्रोत बन्द भएको थियो भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिएकाले गोफण्डमी समेत संचालन गरिएको थियो ।

केसीको उपचारका क्रममा श्रीमती साथमै रहने र छोरीको हेरचाह गर्नुपर्ने अवस्था थियो । परिवारका कुनै सदस्यले काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर रहेको छ । साथै मासिक किस्तालगायत अन्य विविध खर्चको अभावका कारण केसी परिवारको मानसिक रुपमा समेत अत्यन्तै चिन्तित अवस्थामा पुगेको थियो ।

अब केसीको निधनले परिवारमा बज्रपात भएको छ । केसी नेपाल अमेरिका पत्रकार संघ नेजाका साधारण सदस्य एवं सदस्यता छानबिन तथा सिफारिस समितिका सदस्य समेत रहेका थिए ।

उनको निधनपछि उनका साथीहरु र पत्रकारिता क्षेत्रका व्यक्तिहरुले सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । रोविन क्षेत्रीले लेखेका छन् – ‘म अझै पत्याउन सक्दिन। तर मलाई थाहा छ तपाईंले पहिले नै अलविदा भन्नुभएको छ, म यसलाई स्वीकार गर्नेछु किनकि तपाईंले त्यो भन्नुभएको छ। आज बिहान तपाई हामीसँग हुनुहुन्न भनेर सुनेर म स्तब्ध भएँ । हामीले हिजो मात्रै तपाई कसरी राम्रो गरिरहनुभएको छ र राम्रोसँग निको भइरहनुभएको छ भनेर कुरा गरेका थियौं। तपाईलाई सधैं मिस गरिनेछ। सधैं सम्झिनेछ। तपाई कुशल मानव हुनुहुन्थयो । तपाई मेरो मुटुमा सधैंभरि रहनु हुनेछ ।’

लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रजेन्द्र केसीको अमेरिकाको केन्टकीमा निधन

दुईदिन अगाडिमात्र अल्बर्ट बी चान्डलर अस्पतालबाट केसीले सामाजिक सञ्जालमा पोष्ट गर्दै सबैलाई तिहार, छठ र नेपाल सम्बतको शुभकामना दिएका थिए भने २ बर्ष अगाडि मनाएको तिहारको फोटो पनि पुन शेयर गरेका थिए ।

फोटो पत्रकार श्रीधर पौडेलले सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् – ‘दाई एउटा असल साथी अनी अबभिभावक गुमाए तॅलाई धेरै याद हरु छोडेर गईस, हार्दिक श्रद्धाञ्जली दाई ।’

 





Source link

Leave a Comment