लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु



प्रकाशित मिति : कार्तिक १२, २०८२ बुधबार

लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु

अवैध लागूऔषध ढुवानीमा संलग्न एक डुङ्गामाथि अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पूर्वी प्रशान्त महासागरमा लागूऔषध ढुवानीको शङ्का गरिएको एउटा डुङ्गामाथि अमेरिकाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा युद्ध मन्त्रालयले अर्को लागुऔषध तस्करी गर्ने डुङ्गामाथि घातक प्रहार गरेको पनि बताएका छन् ।

लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु

लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु

यसअघि, सोमबार पनि अमेरिकी सेनाले प्रशान्त महासागरमा लागूऔषध ढुवानीमा संलग्न शङ्कास्पद डुङ्गाहरूमाथि आक्रमण गर्दा १४ जनाको मृत्यु भएको थियो ।

यी पछिल्ला आक्रमणहरू राष्ट्रपति ट्रम्पको प्रत्यक्ष निर्देशनमा भएका हुन् । ह्वाइट हाउसले पछिल्ला हमलाहरूलाई अमेरिकी सीमामा प्रशान्त र क्यारिबियन हुँदै आउने समुद्री लागूपदार्थ आपूर्ति रोक्ने अभियानको रूपमा व्याख्या गरेको छ ।

युद्धमन्त्रीका अनुसार आक्रमण अन्तर्राष्ट्रिय जल क्षेत्रमा गरिएको हो । अधिकारीहरूले आक्रमणको क्रममा अमेरिकी सैनिकलाई कुनै क्षति नपुगेको बताएका छन् ।

दुई महिनामा अमेरिकाले गरेका यस्ता आक्रमणहरूमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अमेरिका, कोलम्बिया र भेनेजुएलाबीचको सम्बन्धमा यी आक्रमणहरूले तनाव बढाएको देखिएको छ । आक्रमणपछि अमेरिकी कांग्रेसका दुवै दलका सांसदहरूले पनि राष्ट्रपति ट्रम्पको अधिकारमाथि प्रश्न उठाएका छन् ।

अमेरिकाले हाल क्यारिबियन क्षेत्रमा युद्धपोत, लडाकु विमान, मरीन फोर्स, जासुसी विमान, बमवर्षक र ड्रोनहरू तैनाथ गर्दै आएको छ । विश्वकै सबैभन्दा ठूलो युद्धपोतसमेत त्यहाँ तैनाथ गरिएको छ ।

लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई “लागूपदार्थ तस्करी सङ्गठनका नेता” भएको आरोप लगाउँदै आएका छन् ।

तर मादुरोले भने यसलाई अस्वीकार गरेका छन् । भेनेजुएलाका महान्यायाधिवक्ताले अमेरिकाले भेनेजुएलाका प्राकृतिक स्रोतहरू जस्तै सुन, तेल र तामाको भण्डार—हात पार्ने उद्देश्य राखेको आरोप लगाएका छन् ।

अमेरिकाले सन् २०२४ मा भेनेजुएलामा भएको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष नभएको भन्दै मादुरोलाई वैधानिक राष्ट्रपति मान्न अस्वीकार गर्दै आएको छ ।





Source link

Leave a Comment