प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

प्रसिद्ध हलिउड निर्देशक रोब राइनर र उनकी पत्नी मिशेल सिङ्गर आइतबार अमेरिकाको लस एन्जलसस्थित ब्रेन्टवुड क्षेत्रमा रहेको आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरी स्रोतका अनुसार घटनालाई सम्भावित हत्या घटनाका रूपमा अनुसन्धान गरिएको छ। लस एन्जलस प्रहरी विभाग (एलएपीडी)ले आइतबार दिउँसो ३स्४० बजे घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ। घरभित्र एक पुरुष र एक महिला मृत अवस्थामा फेला परेको र उनीहरूको उमेर क्रमशः ७८ र ६८ वर्ष रहेको पुष्टि गरिएको छ।
लस एन्जलस काउन्टी शेरिफ विभागका अनुसार राइनरका ३२ वर्षीय छोरा निक राइनरलाई आइतबार राति नियन्त्रणमा लिइएको छ । उनलाई ४० लाख अमेरिकी डलर धरौटीमा राखिएको छ। यद्यपि, अधिकारीहरूले हालसम्म कुनै संदिग्ध आधिकारिक रूपमा पहिचान नभएको र अनुसन्धान जारी रहेको बताएका छन्।
लस एन्जलसकी मेयर क्यारेन बासले विज्ञप्ति जारी गर्दै यस घटनालाई शहर र देशका लागि ठूलो क्षति भएको बताएकी छिन् । उनले रोब राइनरको अमेरिकी संस्कृति र समाजमा परेको प्रभाव तथा सामाजिक र आर्थिक न्यायका लागि गरेको योगदानको प्रशंसा गरिन्।
छिमेकीहरूका अनुसार घटनापछि अभिनेता बिली क्रिस्टल र ल्यारी डेभिड समेत घटनास्थलमा देखिएका थिए। राइनर परिवार यस क्षेत्रमा लामो समयदेखि परिचित र सक्रिय रहेको बताइएको छ।
रोब राइनर र मिशेल सिङ्गरले सन् १९८९ मा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन्। रोब राइनर यसअघि टेलिभिजन सिटकम “अल इन द फ्यामिली” मार्फत चर्चित भएका थिए भने पछि सफल निर्देशकका रूपमा स्थापित भएका थिए।
प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्