लस एन्जलसको एक क्लब बाहिर सर्वसाधारणको भीडमा गाडी पसेपछि…



प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार


लस एन्जलसको सान्ता मोनिका बुलेभार्डस्थित एक क्लब बाहिर शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा कम्तीमा ३० जना घाइते भएका छन्।

शहरको दमकल विभाग र स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बिहान करिब २ बजे (स्थानीय समय) उक्त दुर्घटना भएको हो। दमकल विभागको अनलाइन वक्तव्य अनुसार ७ जना गम्भीर छन् ।

घटनाको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक नभए पनि प्रारम्भिक जानकारी अनुसार सवारीसाधनले क्लब बाहिरको ट्याको ट्रकमा ठोक्कियो, त्यसपछि भ्यालेट पार्किङ स्ट्यान्ड हुँदै भीडमा पसेको थियो। दमकल विभागका प्रवक्ता क्याप्टेन एडम भ्यानगर्पेनले एबीसी न्यूजलाई जानकारी दिँदै घाइतेहरूमध्ये एक व्यक्तिमा गोली लागेको घाउ देखिएको बताएका छन्। तर, भिडमा सवारी चलाउने व्यक्ति नै गोली लागेका हुन् कि भन्नेबारे पुष्टि भएको छैन।

लस एन्जलसको एक क्लब बाहिर सर्वसाधारणको भीडमा गाडी पसेपछि…

लस एन्जलसको एक क्लब बाहिर सर्वसाधारणको भीडमा गाडी पसेपछि…

घटनास्थलमा एम्बुलेन्स परिचालन गरिएको थियो र घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएका भिडियोहरूमा सडक बन्द गरिएको र उद्धार कार्य भइरहेको देखिन्छ।

हालसम्म प्रहरी र सम्बन्धित निकायले सवारी चालकको पहिचान वा घटनाको कारणबारे कुनै विवरण सार्वजनिक गरेका छैनन्। अनुसन्धान जारी रहेको बताइएको छ।





Source link

Leave a Comment