लयमा फर्कियो डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या, पछिल्लो महिना ३९९ लाई भिसा



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

लयमा फर्कियो डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या, पछिल्लो महिना ३९९ लाई भिसा

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले यसैसाता जारी गरेको तथ्यांकमा देखिएको छ । अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन्, जुन सामान्यतया नियमित मानिन्छ ।

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

लयमा फर्कियो डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या, पछिल्लो महिना ३९९ लाई भिसा

७ महिनाको अवधिमा १८५४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन्  । मेको अनुमानित संख्या जोड्दा २ हजार नाघेको छ ।  सन् २०२२ मा डिभी भरेकाहरुले अहिले भिसा पाइरहेका हुन् । २०२३ मा भरेकाहरुले आगामी अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । २०२४ को डिभी लोटरी कार्यक्रम अन्तरगत नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । २०२४ को डिभी लोटरीका लागि एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका थिए ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन ।

डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

लयमा फर्कियो डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या, पछिल्लो महिना ३९९ लाई भिसा





Source link

Leave a Comment