काठमाडौं । घनश्याम लामिछाने निर्देशित रोमान्टिक-ड्रामा ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा साम्राज्ञी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा फिचर्ड छन् ।
यो फिल्म जेठ २५ गते रिलिज तयारीमा छ । यात्राको क्रममा सिर्जना हुने प्रेमकथालाई चित्रण गरिएको यो फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ । कवीर र गरिमाले यही फिल्मबाट अभिनय करिअर थालेका हुन् ।
पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।
एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्मको निर्माणमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी फिल्मका कार्यकारी निर्माता हुन् ।