रोनाल्ड एल रोवे अमेरिकी सेक्रेट सर्भिसको कार्यवाहक प्रमुखमा नियुक्त

रोनाल्ड एल रोवे अमेरिकी सेक्रेट सर्भिसको  कार्यवाहक प्रमुखमा नियुक्त



प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

बढ्दो दबाबका बीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सेक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक प्रमुखमा नियुक्त गरिएको छ ।

मैले अमेरिकी सेक्रेट सर्भिसका उपनिर्देशक रोनाल्ड एल रोवे जुनियरलाई एजेन्सीको कार्यवाहक निर्देशकमा नियुक्त गरेको छु गृहमन्त्री अलेजान्ड्रो मेयोर्कासले विज्ञप्तिमा भन्नुभयो ।

सेक्रेट सर्भिसमा २४ वर्षदेखि काम गर्नुभएका रोवे सन् २०२३ अप्रिलदेखि एजेन्सीको उपनिर्देशक हुनुहुन्छ ।

उहाँले जुलाई १३ मा भएको घटनाको अनुसन्धान गर्न सहयोग गर्नुहुनेछ मेयोर्कासले भन्नुभयो । रोवेको नियुक्ति चिटलको राजीनामाको केही घन्टापछि आएको हो ।

चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गर्नुभएको थियो ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो । उहाँले मङ्गलबार पदबाट राजीनामा दिनुभएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School