रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै



प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै

नोभेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । जसका कारण दुबैको अवधि १ महिना थपिएको छ । पहिलो श्रेणीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ ।

अर्थात् नोभेम्बर महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि अगस्त महिनामा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति १ अगस्त २०२३ रहेको छ । अमेरिकाबाहिर हुनेले पनि १५ मार्च २०२३ अगाडि प्राथमिकता मिति भएमा अगस्तमा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै
नोभेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकाबाहिर हुने रोजगारमा आधारित ग्रिनकार्ड प्रतिक्षा गरिरहेकाहरुले भिसा अन्तरवार्ता र भिसा पाउनसक्ने प्राथमिकता मिति ।

तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले नोभेम्बरमा आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ समेत फाइल गर्न सक्ने भएका छन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डका सन्दर्भमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १५ नोभेम्बर २०२२ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले नोभेम्बरमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् । रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा भने यो मिति १ डिसेम्बर २०२० रहेको छ । अमेरिकाभित्र हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारले भने २२ मे २०२१ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले नोभेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाउनेछन् ।

यदि तपाईं दक्ष कामदार, व्यावसायिक वा दक्षता नभएको अन्य कामदार हुनुहुन्छ भने तपाईं यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन सक्नुहुन्छ। यसमा दक्ष कामदार भन्नाले अस्थायी वा मौसमी प्रकृतिको नभई जागिरको अफर गरिएको काम न्यूनतम २ वर्षको तालिम वा अनुभव आवश्यक पर्ने खालको हुनुपर्छ । दक्ष कामदारले रोजगारीको अवसरको शैक्षिक, तालिम वा अनुभव आवश्यकताहरू पूरा गर्नुपर्छ। सान्दर्भिक पोस्ट सेकेन्डरी शिक्षालाई प्रशिक्षणको रूपमा मान्न सकिन्छ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै
नोभेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड प्रतिक्षा गरिरहेकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्ने प्राथमिकता मिति ।

पेशेवर व्यक्तिका रुपमा यो श्रेणीको ग्रिनकार्डमा योग्य जागिरको अफर गरिएको काम कम्तिमा अमेरिकी स्नातक वा विदेशी समकक्ष डिग्री चाहिने प्रकारको हुनुपर्छ । व्यक्ति तोकिएको पेशाको सदस्य हुनुपर्छ । त्यस्तै तेश्रो श्रेणीको दक्षता नभएको श्रेणीका लागि अनुभव नचाहिने वा २ वर्ष भन्दा कमको अनुभव भए पुग्ने प्रकारको जागिरको अफर हुनुपर्छ । यो श्रेणीमा डिसवासर लगायतका कामहरु पनि योग्य हुनसक्छन् ।

यो श्रेणीमा ग्रिनकार्ड आवेदनका लागि सबैभन्दा पहिले अमेरिकी कम्पनीले रोजगारको अफर दिएको हुनुपर्छ । साथै उक्त कम्पनीले दिएको रोजगारको अफरका लागि काममा राख्ने व्यक्तिलाई अमेरिकी सरकारले तोकेको तलब दिनसक्ने गरी कम्पनीको आर्थिक स्थीति पनि बलियो भएको प्रमाणित गर्नुपर्छ ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट, अन्य श्रेणी जस्ताको तस्तै

रोजगारदाताले उक्त काम गर्नका लागि अमेरिकामा योग्य कामदारहरू उपलब्ध नभएको प्रमाणित गर्न संचारमाध्यममा जागिर खुलेको विज्ञापनहरु प्रकाशित गर्नुपर्ने लगायतका अन्य प्रकृयाहरु पनि पूरा गर्नुपर्छ । यो प्रकृयामा रोजगारदाताले काम लगाउने वा ग्रिनकार्डको प्रकृया गर्ने कामदारबाट कानुनी रुपमा कुनै शुल्क लिन मिल्दैन ।

साथै यो आवेदन रोजगारका लागि आउने व्यक्तिले आफै फाइल गर्न पनि मिल्दैन, केबल रोजगारदाताका तर्फबाटमात्र फाइल गर्नुपर्छ । आवेदन स्वीकृत भएपछि दम्पत्ति र २१ वर्ष भन्दा कम उमेरका अविवाहित बच्चाहरूपनि आप्रवासी भिसा वा ग्रिनकार्डमा सँगै अमेरिका आउनका लागि योग्य हुन्छन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School