रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्तमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्तमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस



प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्तमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्त महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् अगस्त महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुनुनपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई नै आधार मान्दै आएकाले उक्त मितिका आधारमा मात्र अमेरिकामा विचाराधिन आई १४० आवेदन भएकाहरुले आई ४८५ आवेदन पेश गर्न पाउनेछन् । अन्य श्रेणीको फाइनल एक्सन डेटमा अगस्तमा कुनै टसमस भएको छैन ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्तमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डका लागि अगस्त महिनामा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति क्रमशः १५ मार्च २०२३ र १ डिसेम्बर २०२१ रहेको छ । अमेरिबाहिर हुनेले पनि १५ मार्च २०२३ र १ डिसेम्बर २०२१ अगाडि प्राथमिकता मिति भएमा अगस्तमा भिसा अन्तरवार्ता पाउनसक्नेछन् । तेश्रो श्रेणीको दक्षता नभएकाहरुका लागि यो मिति १ जनवरी २०२१ रहेको छ ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अगस्तमा पनि करेन्ट, अन्य श्रेणीमा भएन टसमस





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School