रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुलाईमा पनि करेन्ट, अन्य श्रेणीमा थोरै हलचल

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुलाईमा पनि करेन्ट, अन्य श्रेणीमा थोरै हलचल



प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुलाईमा पनि करेन्ट, अन्य श्रेणीमा थोरै हलचल

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुलाई महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् जुलाई महिनामा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ ।

जुलाई महिनाका लागि युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मानेको छ । यद्यपी लामो समयदेखि टसमस नरहेको अन्य श्रेणीको फाइनल एक्सन डेट जुलाईमा भने थोरै हलचल भएको छ ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुलाईमा पनि करेन्ट, अन्य श्रेणीमा थोरै हलचल

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डका लागि जुलाई महिनामा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति क्रमशः २२ मार्च २०२३ र १ फेब्रुअरी २०२३ भएको छ, यो जुन महिनाको तुलनामा २ महिना एकसाता सरेको छ । जसले गर्दा ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा अवधि थोरै घटेको छ । अप्रिल र मेमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति टसमस नहुँदा आवेदकहरु निराश भएका थिए ।

रोजगारमा आधारित तेश्रो श्रेणीको अनस्कील्ड अन्य कामदारका सन्दर्भमा ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा अवधि जुलाईमा ३ महिना घटेको छ । जुलाई महिनामा ८ जनवरी २०२१ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड फाइल गर्न सक्नेछन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School