रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणी ग्रिनकार्डमा भएन हलचल, पहिलो श्रेणी करेन्ट



प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणी ग्रिनकार्डमा भएन हलचल, पहिलो श्रेणी करेन्ट

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको मेको भिसा बुलेटिनले रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीका लागि ग्रिनकार्ड र आप्रवासी भिसा पाउने मितिमा कुनै हलचल भएको छैन । युएससीआईएसले मेमा पनि रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएकाले आवेदकहरु थप मारमा छन् ।

मे महिनामा पहिलो श्रेणीका सन्दर्भमा भने पहिले जस्तै ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ । मे महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि अप्रिलमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति २२ जुन २०२३ रहेकोमा मे महिनाका लागि पनि सोही मिति नै कायम छ । अमेरिकाबाहिर हुनेले पनि २२ जुन २०२३ अगाडि प्राथमिकता मिति भएमा मे महिनामा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणी ग्रिनकार्डमा भएन हलचल, पहिलो श्रेणी करेन्ट

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणी ग्रिनकार्डमा भएन हलचल, पहिलो श्रेणी करेन्ट

तेश्रो श्रेणीको स्कील्ड ग्रिनकार्ड आवेदकका लागि १ जनवरी २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा मे महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । यो मिति पनि अप्रिलको तुलनामा हेरफेर भएको छैन । अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा पनि १ जनवरी २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले मे महिनामा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा २२ मे २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरुले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा मे महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । अप्रिलको तुलनामा यो मितिमा पनि हेरफेर भएको छैन । यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा २२ मे २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले मेमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

तर चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रिनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अनुपलब्ध नै रहेको छ । यसको मतलब यो अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रिनकार्डहरू उपलब्ध हुनेछैनन् ।

युएससीआईएससँगको सहकार्यमा अमेरिकी विदेश मन्त्रालयले आर्थिक वर्ष २०२५ को लागि रोजगारमा आधारित चौथो श्रेणीमा उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको जनाएको हो । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले एक आर्थिक वर्षभित्र जारी गर्न सकिने रोजगारमा आधारित आप्रवासी भिसाहरूको संख्यालाई सीमित गर्छ। विशेष गरी, रोजगारमा आधारित चौथो श्रेणीको भिसाको वार्षिक सीमा विश्वव्यापी रोजगारमा आधारित ग्रिनकार्डका सबै श्रेणीको सीमाको ७ दशमलव १ प्रतिशत मात्र हुने व्यवस्था गरेको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको भिसा र ग्रिनकार्डको वार्षिक सीमा हरेक आर्थिक वर्ष लगभग ९,९४० हो। यो वार्षिक रूपमा तोकिएको १४०,००० रोजगारमा आधारित भिसा र ग्रिनकार्डहरूको ७ दशमलव १ प्रतिशत हो। यसबाट देशहरुलाई पनि छुट्टै सिमा तोकिएको हुन्छ ।

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणी ग्रिनकार्डमा भएन हलचल, पहिलो श्रेणी करेन्ट

आर्थिक बर्ष २०२५ का लागि उपलब्ध सबै ईबी ४ भिसाहरू प्रयोग भइसकेकाले दूतावासहरूले यो आर्थिक वर्षको बाँकी अवधिको लागि यी श्रेणीहरूमा भिसा जारी गर्न सक्नेछैनन्। नयाँ आर्थिक वर्ष अक्टोबर १, २०२५ मा सुरु भएपछि वार्षिक सीमाहरू रिसेट हुनेछन्। त्यस बिन्दुमा दूतावासहरूले योग्य आवेदकहरूलाई यो श्रेणीमा आप्रवासी भिसा जारी गर्न पुनः सुरु गर्न सक्नेछन्। गत वर्ष यो श्रेणीको वार्षिक सीमा अगस्टको अन्त्यमा पुगेको थियो। तर, यो वर्ष, यो सीमा धेरै छिटो पुगेको छ।

ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीलाई विघटन गरिरहँदा जागिरबाट निकालिएका विदेशी कर्मचारीहरूले यही श्रेणीको विशेष आप्रवासी ग्रिनकार्डका लागि आवेदन दिने विचार गरिरहेका छन्। जागिरबाट निकालिएपछि उनीहरुलाई विशेष आप्रवासी भिसाका लागि आवेदन दिने विकल्प सुझाउने इमेल प्राप्त भएको थियो । तर यो प्रकृया पूरा हुन अहिले झण्डै ६ बर्ष लागेको छ ।

विशेष आप्रवासी ग्रिनकार्डहरू विभिन्न कार्यक्रमहरूअन्तर्गत जारी गरिन्छन्, जसमा धार्मिक कार्यकर्ताहरू, केही अन्तर्राष्ट्रिय संगठनका कर्मचारीहरू र अन्य योग्य व्यक्तिहरू समावेश छन्। अमेरिकी आप्रवासन कानूनअन्तर्गत तोकिएको अवधिको लागि अमेरिकी सरकारको वफादार र मूल्यवान सेवा प्रदान गरेका विदेशी कर्मचारीहरू रोजगारमा आधारित चौथो श्रेणीमार्फत ग्रिनकार्ड प्राप्त गर्न योग्य हुन सक्छन्।





Source link

Leave a Comment