प्रकाशित मिति : पुस १, २०८२ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी जनवरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। जनवरी महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।
रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा दुई दुई महिनाको अग्रता कायम भएको छ । १ अप्रिल २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले जनवरीमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न सक्नेछन्, यो डिसेम्बरको तुलनामा २ महिनाको अग्रता हो । त्यस्तै १५ अक्टोबर २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुनेले जनवरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।
तेश्रो श्रेणीमा पनि ग्रीनकार्ड फाइल गर्ने मितिमा हलचल भएको छैन भने र आप्रवासी भिसा पाउने मितिमा एकसाताको अग्रता कायम भएको छ । तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि १ जुलाई २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले जनवरी महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने २२ अप्रिल २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन स्वीकृत भइसकेकाहरुले जनवरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् । यो डिसेम्बरको तुलनामा एकसाताको अग्रता हो ।
अनस्किल्ड कामदारहरूको हकमा पनि ग्रीनकार्ड फाइल गर्ने मितिमा हलचल भएको छैन भने आप्रवासी भिसा पाउने मितिमा १ महिनाको अग्रता कायम भएको छ । १ डिसेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा जनवरी महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ सेप्टेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा जनवरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
विशेष आप्रवासी चौथो श्रेणीको हकमा पनि ग्रीनकार्ड फाइल गर्ने मितिमा १ महिना र आप्रवासी भिसा पाउने मितिमा ४ महिनाको अग्रता कायम भएको छ । १५ मार्च २०२१ अगाडि प्राथमिकता मिति हुनेहरुले जनवरी महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ जनवरी २०२१ अगाडि प्राथमिकता मिति भएकाहरुले जननवरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
त्यस्तै धार्मिक कामदारका सन्दर्भमा नोभेम्बरमा भिसा अनुपलब्ध रहेकोमा डिसेम्बरमा जस्तै जनवरीमा पनि भिसा उपलब्ध छ । यद्यपी उनीहरुले भिसा पाएको खण्डमा जनवरी २९ भित्र अमेरिका आइसक्नुपर्नेछ । १ जनवरी २०२१ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले जनवरीमा भिसा पाउन सक्नेछन् भने अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा १५ मार्च २०२१ भन्दा अगाडि प्राथमिकता मिति हुनेले जनवरीमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्