रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आउन कम्तीमा १५ महिना



प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आउन कम्तीमा १५ महिना

अमेरिकाको लेबर डिपार्टमेन्टले सेप्टेम्बर २०२३ अगाडि फाइल गरिएका रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशनको समीक्षा गरिरहेको जनाएको छ । लेबर डिपार्टमेन्टको विदेशी श्रम प्रमाणिकरण कार्यालयले स्थायी लेबर सर्टिफिकेशन र प्रचलित तलब निर्धारण आवेदनको प्रशोधन समयबारे आफ्नो पछिल्लो रिपोर्ट जारी गरेको हो ।

जस अनुशार फेब्रुअरी १, २०२५ सम्म लेबर डिपार्टमेन्टले सेप्टेम्बर २०२३ वा सोभन्दा अघि दर्ता गरिएका लेबर सर्टिफिकेशन आवेदनहरूको विश्लेषक समीक्षा गरिरहेको जनाएको छ । अर्थात् लेबर सर्टिफिकेशनका लागि अहिले झण्डै डेढ बर्ष लाग्ने गरेको छ ।

रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आउन कम्तीमा १५ महिना
डिपार्टमेन्ट अफ लेबरको मुख्यालय

फेब्रुअरी १, २०२५ सम्म डिपार्टमेन्टले जुलाई २०२४ मा दर्ता गरिएका रोजगारमा आधारित ग्रिनकार्डका प्रचलित तलब निर्धारण अनुरोधहरू जारी गरिरहेको छ। जुलाईमा २०२४ मा दर्ता गरिएका झण्डै ६ हजार ७ सय प्रचलित तलब निर्धारणका आवेदनहरु अझै बाँकी रहेका छन् । अगस्त २०२४ देखि डिसेम्बर २०२४ सम्म पेश गरिएका प्रचलित तलब निर्धारण अनुरोधहरुको संख्या हरेक महिना १२ देखि १३ हजारको हाराहारीमा छ भने जनवरी २०२५ मा १५५९० आवेदन पेश गरिएका छन् ।

रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आउन कम्तीमा १५ महिना

अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । तर तेश्रो श्रेणीको रोजगारमा आधारित ग्रिनकार्डका लागि निकै लामो समय लाग्दै आएको छ । अझ यो महिनाका लागि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगर्ने भएपछि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा बृद्धि भएको छ ।

युएसससीआईएसले फेब्रुअरीमा अमेरिकाभित्र हुनेहरुले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन फाइन गर्नका लागि भिसा बुलेटिनको फाइनल एक्सन मितिलाई प्रयोग गरिरहेको छ । जबकी जनवरीमा भिसा बुलेटिनको फाइलिङ मितिलाई नै युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने मितिका रुपमा स्वीकार गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्सले फेब्रुअरीको भिसा बुलेटिनमा रोजगारमा आधारित ग्रीन कार्डका लागि फाइलिङ र फाइनल एक्सन मितिहरूमा जनवरीको तुलनामा कुनै परिवर्तन गरेको छैन । फेब्रुअरीमा पनि पहिलो श्रेणीका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ ।

फेब्रुअरी महिनामा पनि अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ भने अमेरिकाबाहिर हुनेले भिसा करेन्ट हुन्जेल कुर्नु नपर्ने भएको छ । यद्यपी दूतावासहरुमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर हुनेलाई आप्रवासी भिसा अन्तरवार्ता पाउन भने लामो समय लाग्दै आएको छ ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि जनवरीमा महिनामा पनि आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति १ अगस्ट २०२३ थियो, तर यो फेब्रुअरीमा १ अप्रिल २०२३ मा सरेको छ। अमेरिकाबाहिर हुनेले पनि १ अप्रिल २०२३ अगाडि प्राथमिकता मिति भएमा फेब्रुअरीमा भिसा अन्तरवार्ता र आप्रवासी भिसा पाउनसक्नेछन् ।

रोजगारमा आधारित ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन आउन कम्तीमा १५ महिना

तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले जनवरीमा आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ समेत फाइल गर्न सक्थे तर फेब्रुअरीमा यो मिति पनि १ डिसेम्बर २०२२ मा सरेको छ। यदि आवेदकले १ डिसेम्बर २०२२ भन्दा पहिले लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भइसकेको छ भने उनीहरूले फेब्रुअरीमा आफ्नो आई ४८५ ग्रिनकार्ड आवेदन दर्ता गर्न सक्छन्। अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १ डिसेम्बर २०२२ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले फेब्रुअरीमामा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा मिति ८ डिसेम्बर २०२० भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरुले फेब्रुअरीमामा अमेरिकामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न वा विदेशमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् ।





Source link

Leave a Comment