रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन, १५५ जना बन्धक मुक्त



प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन सुरु गरेको छ ।

पाकिस्तानी सेनाले घेराबन्दी गरिएको रेलबाट एक सय ५५ जना बन्धकलाई मुक्त गर्न सफल भएको छ । अज्ञात सङ्ख्यामा यात्रुहरू अझै पनि रेलमा रहेका छन् ।

विद्रोहीहरूले मङ्गलबार दिउँसो रेलमार्गको एक भागमा बम विस्फोट गरेर दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रेलमा आक्रमण गरेका थिए । बलुचिस्तानमा पृथकतावादीहरूको आक्रमण बढेको छ ।

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन, १५५ जना बन्धक मुक्त

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन, १५५ जना बन्धक मुक्त

सुरक्षा स्रोतहरूका अनुसार, “आतङ्कवादीहरूले आत्मघाती बम हमलाकारीहरूलाई निर्दोष बन्धक यात्रुहरूको ठीक नजिकै तैनाथ गरेका छन् ।”

दुर्गम पहाडी सिबी जिल्लामा घेराबन्दीको क्रममा रेल चालकसहित तीन जनाको मृत्यु भएको छ ।

एक सुरक्षा अधिकारीले एएफपीलाई ‘पूर्ण–स्तरको अपरेसन’ ले बाँकी बन्दीहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताए ।

“सुरक्षा बलले एक सय ५५ यात्रुलाई सुरक्षित रूपमा उद्धार गरेको छ । २७ जना आतङ्ककारी मारिएका छन्”, एक सुरक्षा स्रोतले भन्यो । पहिलेको गणनामा कम्तीमा ‘३१ जना महिला र १५ जना बालबालिका’ समावेश थिए ।

रेलमा कति मानिस बाँकी छन् भन्ने कुरा तत्काल स्पष्ट थिएन ।

रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन, १५५ जना बन्धक मुक्त

अफगानिस्तान र इरानको सिमानामा रहेको प्रान्तमा बढ्दो हिंसाको पछाडि रहेको पृथकतावादी समूह बलूच लिबरेसन आर्मी (बिएलए) ले तुरुन्तै आक्रमणको दाबी गरेको थियो ।

प्रान्तीय राजधानी क्वेटामा एक वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार ‘चार सय ५० भन्दा बढी यात्रु’ लाई बन्धक बनाइएको थियो ।

मङ्गलबार मुक्त भएका बन्धकहरूले सुरक्षित रूपमा पुग्नका लागि पहाडी इलाकामा घण्टौंसम्म हिँडेको बताएका छन् ।

“हामी कसरी भाग्न सफल भयौँ भन्ने वर्णन गर्न मसँग शब्द छैन । यो भयानक थियो”, जाफर एक्सप्रेस रेलमा आफ्नी आमासँग यात्रा गरिरहेका मुहम्मद बिलालले भने ।





Source link

Leave a Comment