रेफ्रीबेगरका राजनीतिक खेलाडी : RajdhaniDaily.com


रेफ्री र खेलाडी एकअर्काको पूरक हुन् । एकको अनुपस्थितिमा अर्काको औचित्य निरर्थक हुन्छ । राजनीतिमा दखल भएको, जनविश्वासी तथा मुलुक र मुलुकवासीप्रति चिन्तनशील हुने व्यक्ति राजनीतिज्ञमा गनिन्छ । उदार हृदय भएको विशेष गुण र क्षमता भएको व्यक्ति लोकप्रिय राजनेता मानिन्छ । तर, राजनीतिक खेलाडी भने त्यस्ता व्यक्ति हुन् जसले नजरिया राजनीति गर्छन् । निजी स्वार्थलाई महत्व दिन्छन् । सत्तामा पुग्ने दाउपेच गर्न माहिर हुन्छन् । कतिखेर कुन प्रतिस्पर्धीलाई छिर्के लगाएर ढाल्नु उचित हुन्छ बुझेका हुन्छन् । यसका साथै कसलाई कुन बेला अंकमाल गर्नु लाभदायक हुन्छ भन्ने’boutमा जानकार हुन्छन् । यही चालबाजीले राजनीतिक खेलाडी बराबर सत्तामा पुग्छन् । यस्ता खेलाडी कोही कसैको नियन्त्रणमा नहुने भएकाले स्वेच्छाचारितामा माहिर हुन्छन् । तर, यस्तै व्यक्तिले सत्ता परिवर्तनको अनुभूति जनतालाई दिलाउन सक्दैनन् । रेफ्रीबेगरका राजनीतिक खेलाडीको मुख्य विशेषता नै यही हो ।

मुलुकमा राजनीतिज्ञको संख्या बिरलै छ तर राजनीतिक खेलाडीको संख्या अनगिन्ती छ । पेसारहित व्यक्ति राजनीतिक खेलाडी बन्ने क्रम पनि बढिरहेको छ । अधिकांशले अल्पबुद्धिकै भरमा खेल प्रदर्शन गर्ने दुष्प्रयास पनि गर्दै आएका छन् । लोकतन्त्र स्थापित भएयता त राजनीतिक खेल मैदान पनि मुलुकभर फैलिएको छ । कतिपय पुराना कुशल खेलाडीलाई नयाँले विस्थापित गर्ने क्रम पनि प्रारम्भ हुन थालेको छ । खेल टेक्निकै नभएका कतिपय कोरा नयाँ खेलाडी जालझेल गर्दै अगाडि बढ्ने क्रम पनि बढिरहेको छ । तर, यिनै राजनीतिक खेलाडीको हूललाई नियन्त्रण गर्ने रेफ्री भने मुलुकमा कोही छैन । रेफ्रीविहीन राजनीतिक खेलाडीको गाईजात्रे खेल हेरेर आमनेपाली भने वाक्क भएका छन् ।

फुटबल खेलमा रेफ्री र टिम क्याप्टेनको महत्व र भूमिका कस्तो हुन्छ ? थाहा नहुने व्यक्ति बिरलै होलान् । फुटबलप्रेमी जोसुकैलाई सोधे पनि यो प्रश्नको जवाफ हामी पाउन सक्छौं । खेल टेक्निकलमा पोख्त नभएको र कुशल खेलाडीको रूपमा परिचित नभएको व्यक्ति न त रेफ्री नै बन्छ न टिम क्याप्टेन । यसका अलावा रेफ्री र टिम क्याप्टेनमा हुनुपर्ने अर्को आधारभूत विशेषता दृढ नेतृत्व र अनुशासन हो । अन्यथा रेफ्रीले व्यवस्थित रूपमा खेल सञ्चालन गर्न सक्दैन । टिम क्याप्टेनले पनि आफ्नो टोलीलाई प्रभावकारी रूपमा परिचालन गराउन सक्दैन ।

रेफ्रीविहीन खेलमा खेलाडीद्वारा प्रदर्शित हुने आफूखुसी व्यवहारजस्तै राजनीतिक खेलाडीहरूले पनि अहिले अशोभनीय व्यवहार प्रदर्शित गर्दै आएका छन् । फुटबल खेलका खेलाडी र राजनीतिक खेलाडीको आधारभूत मापदण्ड र विशेषता भने समान हुँदैन । किनकि फुटबल खेलाडीहरू २० देखि बढीमा ३०÷३५ वर्षसम्मका हुन्छन् । तर, राजनीतिक खेलाडीहरूमा उमेरहद लागू नहुने भएकाले करिब २० वर्षदेखि ८५÷९० वर्षसम्म खेल मैदानमा उत्रन्छन् । फुटबल खेलाडीहरू शारीरिक रूपमा स्वस्थ, चुस्त, स्फूर्त एवं व्यावसायिक रूपमा दक्ष हुन्छन् । तर, राजनीतिक खेलाडीले शारीरिक एवं मानसिक रूपमा स्वास्थ्य र दन्तुरुस्त भइरहनै पर्दैन । दीर्घरोगी, क्रोनिक, अशक्त र हिँडडुल गर्न नसक्ने पनि राजनीतिक खेल मैदानमा उत्रिन पाउँछन् । यसैगरी फुटबल खेलाडीबीच सधैं सामूहिक एकता र सहकार्य हुन्छ । राजनीतिक खेलाडीमा स्वार्थको बाहुल्य हुने भएकाले अन्तरआत्मादेखिको एकता र सहकार्य हुँदैन ।

फुटबल खेलाडीको मुख्य उद्देश्य वा गोल भन्नु नै विपक्षीको गोलपोस्टमा भकुन्डो प्रवेश गराउने हो । राजनीतिक खेलाडी सबैको उद्देश्य आआफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने हुन्छ । फुटबल खेलाडीको अर्को उद्देश्य खेलमा विजयी भई आफ्नो टिम र देशको सम्मान बढाउने हुन्छ । तर, राजनीतिक खेलाडीहरूको मुख्य उद्देश्य नै राम्रो वा नराम्रो जस्तोसुकै कार्य गरेरै भए पनि सम्भ्रान्त बन्ने हुन्छ । फुटबल खेलाडीमा प्रत्यक्ष्य समूहगत साथ सहयोग हुन्छ । तर, राजनीतिक खेलाडीमा सार्वजनिक सम्पत्ति हत्याउने कार्यमा अदृश्यसाथ सहयोग हुन्छ । फुबटल र राजनीतिक खेलमा हुने अर्को भिन्नता समयसीमा हो । किनकि फुटबल खेलको समयसीमा अग्रिम निर्धारण गरिएको हुन्छ । निर्धारित समय अन्त्य हुनासाथ खेल समाप्त हुन्छ तर राजनीतिक खेलाडीलाई समयसीमा लाग्दैन । उनीहरू आजीवन राजनीतिक रंगमञ्चमा उभिन सक्छन् ।

यसैगरी सहयोगी भावना फुटबल खेलाडीमा हुने महत्वपूर्ण विशेषता हो । राजनीतिक खेलाडीमा स्वार्थको बाहुल्यले सहकर्मी साथीलाई नै पछाडि पारी आफू अगाडि बढ्ने प्रवृत्ति हुन्छ । फुटबल खेलाडीको जस्तो राजनीतिक खेलाडीमा एकताको जरुरत पर्दैन न त सिद्धान्त र अनुशासनलाई नै पालन गर्नुपर्छ । फुटबल खेलाडीको जस्तो समान फिजिकल फिटनेस राजनीतिक खेलाडीमा हुँदैन । किनकि कोही अत्यन्त हट्टाकट्टा, कोही ख्याउटे, कोही लिखुरे, कोही पहलमान, कोही बक्सर, कोही क्रोनिक रोगी, कोही लाटोलठ्यौरो, कोही चटके, कोही भकभके तथा कतिपय सुस्तमनस्थितिकै व्यक्ति पनि राजनीतिक खेल मैदानमा उत्रन पाउँछन् । यस्तै आधारभूत मापदण्ड नतोकिएकै कारण फुटबल खेलाडीकै जस्तो राजनीतिक खेलाडीले, राजनीतिक पृष्ठभूमिबाटै खेल मैदानमा उत्रनुपर्ने बाध्यता पनि हुँदैन । किनकि विभिन्न पेसेवर व्यक्ति, पेसागत कार्यमा असफल बनेका व्यक्ति, व्यावसायिक कार्यमा उत्कृष्टता हासिल गरेकै व्यक्ति, कुनै पेसा नभएका बेरोजगार व्यक्ति, प्रगतिको शिखरमा पुगेका नाम चलेकै व्यक्ति, आपराधिक कार्यमा चर्चित बनेकै व्यक्ति, तस्करीमा प्रसिद्धिप्राप्त व्यक्तिलगायतका जोसुकै पनि खेलाडीको रूपमा राजनीतिक खेल मैदानमा उत्रन पाउँछन् ।

फुटबल खेलाडीको जस्तो राजनीतिक खेलाडीको उद्देश्य एकै नहुनुका कारण अनेकौं हुन्छन् । कोही अकुत सम्पत्ति आर्जन गर्न, कोही भएको श्रीसम्पत्ति रक्षा गर्न, कोही आफ्नो आपराधिक कार्यबाट हुने दण्ड सजायबाट बच्न, कोही आफ्नो आपराधिक धन्दालाई सक्रिय रूपले सञ्चालन गराउन, कोही अपराधलाई सुसंगठित बनाई क्षेत्र विस्तार गर्न, कोही परिवारको आपराधिक कार्यलाई माफी मिनाहा दिलाउन, कोही पद हत्याएर फाइदा लिन तथा कोही आफन्तकै हित र कल्याण गरी परिवार र समाजमै चर्चित बन्ने उद्देश्य लिएर राजनीतिक खेल मैदानमा उत्रिएका हुन्छन् । यस क्रममा आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक खेलाडीको अगुवा वा क्याप्टेनलाई खुसी बनाउने प्रतिस्पर्धामै खेलवाडीहरू लगिपर्छन् । राजनीतिक खेलाडीद्वारा प्रदर्शित यही परिदृश्य अहिले नेपाली जनताले मात्र होइन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्वले हेरेर चकित परिरहेका छन् ।

राजनीतिक खेलाडीलाई नियन्त्रित गर्ने र अनुशासनमा हिँडाउने रेफ्री भनेको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद् नै हो । जुन अस्तित्वमा भए पनि आफ्नो भूमिका सम्पादन गर्नै नसक्ने निम्जो छ । उल्टै रेफ्री संसद्लाई राजनीतिक खेलाडीको टिम क्याप्टेनले आफ्नो नियन्त्रणमा राखी परिचालित गराउँदै ल्याएको छ

राजनीतिक खेलाडीमा स्वेच्छाचारिता हावी कसरी भयो ? भन्ने’boutमा पनि चर्चा गरौं । राजनीतिक खेलाडीलाई नियन्त्रित गर्ने र अनुशासनमा हिँडाउने रेफ्री भनेको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद् नै हो । जुन अस्तित्वमा भए पनि आफ्नो भूमिका सम्पादन गर्नै नसक्ने निम्जो छ । उल्टै रेफ्री संसद्लाई राजनीतिक खेलाडीहरूको टिम क्याप्टेनले आफ्नो नियन्त्रणमा राखी परिचालित गराउँदै ल्याएको छ । यसरी रेफ्री नै टिम क्याप्टेनको रबर स्ट्याम्प बनेपछि क्याप्टेनलगायतका सबै खेलाडीले स्वेच्छाचारी कार्य गर्नु स्वाभाविक हो । रेफ्रीको भूमिका निभाउन संसद् नै क्षम भएपछि दोस्रो आशाको केन्द्र राष्ट्राध्याक्ष वा राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपति नै हुन् । तर, राष्ट्रपति नै प्रत्यक्ष जननिर्वाचित नभएकाले आफैंमा शक्तिशाली छैनन् । राजनीतिक खेलाडीहरूकै टिम क्याप्टेनले छानेर पदासीन गराएका राष्ट्रपतिको भूमिका नै क्याप्टेनलाई तह लगाउन सक्रिय छैन । न त क्याप्टेनले नै राष्ट्रपतिलाई टेर्छन् ।

यदि सर्वोच्च राजनीतिक संस्था संसद् वा राष्ट्रप्रमुख राष्ट्रपति नै सक्रिय हुने हो भने राजनीतिक खेलाडीहरू अनुशासित बन्न बाध्य हुन्छन् । रेफ्रीले आफूलाई लज्जास्पद रूपमा खेल मैदानबाटै आउट गराउन सक्ने डरले पनि खेलाडीहरू अनुशासित बन्छन् । निजी स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थलाई महत्व दिन बाध्य हुन्छन् । चेक एन्ड ब्यालेन्समै भएको प्राविधिक त्रुटिको कारण राजनीतिक खेलाडीले नै आफ्नो स्वार्थ पूरा गर्दै आएका हुन् । यस अर्थमा संसदीय प्रणाली नै खेल क्याप्टेनको पकडमा पर्ने प्रवृत्तिले आफैंमा असफल बनेको छ । वास्तवमा खेलाडीले रोजेकै व्यक्ति रेफ्री भए खेल स्वच्छ र पारदर्शी नहुन सक्छ । यसर्थ रेफ्रीको छनोट दर्शकबाटै हुने हो भने रेफ्रीको नियन्त्रणमा खेलाडी रहन बाध्य हुन्छन् । तर, दर्शक आमनेपाली जनताबाटै राजनीतिक खेलको रेफ्री कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको प्रत्यक्ष छनोट गर्ने प्रक्रिया अवलम्बन नगरिएसम्म अहिलेका राजनीतिक खेलाडीको मानसिकता परिवर्तन हुन सक्दैन । यसको असर दर्शक जनतामा परिरहनेछ ।

पछिल्लो समयमा रेफ्री नै कब्जा गरी राजनीतिक खेलाडीले खेल मैदानमा प्रदर्शित गर्दै आएको खेलको झलकलाई हेरौं । खेलकुद पोसाकमै खेलाडीहरू खेलमैदानमा उभिए पनि राजनीतिक सिद्धान्तधारी खेलाडी रंगमञ्चमा देखिँदैनन् । न त उनीहरूले राजनीतिलाई पेसाकै रूपमा अँलागेकै छन् । सिद्धान्तको राजनीति गर्ने उद्देश्य नै खेलागडीहरूको छैन । सिद्धान्तको राजनीति त उनीहरूको स्वार्थको बाधक हुन्छ । खेलकुद पोसाकमा बहुरूपी गतिविधि देखाउने खेलाडीहरूलाई दर्शकले, लगाएको पोसाक खोल्ने आदेश मात्रै दिने हो भने त्यहाँ खेलाडीहरूको नवरंगी स्वरूप देख्न सकिन्छ । उनीहरूको स्वरूपले दर्शकलाई नै लज्जित बनाउँछ । किनकि त्यहाँ त वास्तविक पेसेवर राजनीतिक खेलाडीहरू त विरलै मात्र देखिन्छन् । एक–एक गरी सबैलाई नियालेर हेर्ने हो भने दर्शककै आँखा तिरमिराउँछन् ।

खेलाडी मानिएका व्यक्तिहरू त कोही तस्करको छाप भएका, कोही भ्रष्टको छापवाला, कोही चर्चित राष्ट्रघाती, कोही खुंखार अपराधीको रूपमा प्रसिद्धिप्राप्त व्यक्ति नै देखिन्छन् । यस्तै कोही राजनीतिक खेल टोलीकै क्याप्टेनकै गोठाला र भरिया, कोही चर्चित गुण्डा नाइकेकै उपाधि प्राप्त व्यक्तिको अनुहार दर्शकले देख्नुपर्छ । यसैगरी कोही बिचौलियाकै पृष्ठभूमिबाट क्याप्टेनलाई रिझाएका व्यक्तिलाई मैदानमा देख्न पाइन्छ । राजनीतिक खेलाडीको वास्तविक स्वरूप देख्दा यस्तै बहुरूपी पेसाको संरक्षण संस्था पो राजनीति रहेछ भन्ने आत्मग्लानि दर्शकमा उत्पन्न हुन सक्छ । यो अवस्थाको मुलुकको विद्यमान राजनीति, राजनीतिक खेलाडीबाहेक मुलुक र मुलुकवासीको हितकर नबन्नु स्वाभाविक हो । यो अवस्थामा दर्शक जनताको लागि अन्तिम विकल्प नै पश्चात्ताप हुन्छ ।

मुलुकमा अहिले यस्तै छद्मभेषी राजनीतिक खेलाडीको बोलबाला छ । नेपाली भूमिलाई नै उनीहरूले क्रीडास्थल बनाएका छन् । कहिले सीमा नाकामा पुग्ने, कहिले एयरपोर्ट पुग्ने, कहिले विदेशै पुग्ने, कहिले जनता भ्रमित पार्न सभा–समारोहमा पुग्ने र कहिले संसद्मा पुग्ने उनीहरूको दिनचर्या पनि उद्देश्यअनुरूपकै हुन्छ । ठूलो तस्करीका घटना, राष्ट्रघाती भ्रष्टाचार, नेपालीलाई विदेशी बनाउने षड्यन्त्र सरकारी जग्गा कब्जा, राष्ट्रिय गौरवका नाममा, बेरोजगारी हल गर्ने बहानामा, सुकुम्बासी समस्या हल गर्ने निहुँमा सालिन्दा अर्बौंको राष्ट्रिय बजेट यस्तै खेलाडीले लुटिरहेका छन् । तर, विद्यार्थी र बेरोजगार युवा बिदेसिइरहेका छन् ।

राष्ट्रघाती लुटेराविरुद्ध जनमानसमा फैलँदै आएको जागरणलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा ट्रान्सपेरेन्सी इन्टरनेसनलको पछिल्लो रिपोर्ट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै भनाइ र व्यवहारले समर्थन जनाउँदै आएको छ । यो क्रमलाई अन्य शक्तिराष्ट्र र दातृ निकायले पनि क्रमशः विस्तारित गराउने संकेत पनि देखिइसकेको छ । दाताको यस्तो कार्य पनि नेपाली जनताविरुद्धको होइन, देशद्रोही लुटेराविरुद्धको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

(Visited 9 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School