रेड सीमा हुती विद्रोहीको आक्रमण,कार्गो जहाज डुब्दा ३ जनाको मृत्यु



प्रकाशित मिति : असार २६, २०८२ बिहीबार


रेड सीमा हुती विद्रोहीको आक्रमणपछि कार्गो जहाज डुबेको छ । घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जनालाई उद्धार गरिएको छ ।

यमन समर्थित हुती विद्रोहीले आक्रमण गरेपछि रेड सीमा कार्गो जहाज डुबेको र कम्तीमा तीन जनाको मृत्यु भएको युरोपेली नौसैनिक मिसनले जनाएको छ।

लाइबेरियाली झण्डा राखेको तर ग्रीसद्वारा सञ्चालन गरिएको जहाजमा २५ जना क्रु सदस्य थिए ।

रेड सीमा हुती विद्रोहीको आक्रमण,कार्गो जहाज डुब्दा ३ जनाको मृत्यु

रेड सीमा हुती विद्रोहीको आक्रमण,कार्गो जहाज डुब्दा ३ जनाको मृत्यु

जहाजमा साना डुंगा प्रयोग गरेर आक्रमण भएपछि ठूलो क्षति पुगेको हो । जहाजको इन्धन र प्राविधिक क्षमताहरू पूर्ण रूपमा नष्ट भएको बेलायती समुद्री व्यापार निकायले जनाएको छ।

इरान समर्थित हुती समूहले जहाज इजरायल जाँदै थियो भनेर दावी गर्दै हमला गरिएको बताएको छ । उनीहरूले केही क्रु सदस्यहरूलाई ‘सुरक्षित स्थान’ मा लगिएको पनि बताएका छन्।

तर अमेरिकी दूतावासले हुतीहरूले “थुप्रै बाँचेकालाई अपहरण गरेको” आरोप लगाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।

प्यालिपिन्स सरकारले जहाजमा रहेका २५ जनामध्ये २१ जना फिलिपिनी नागरिक थिए । एक जना रूसी नागरिक गम्भीर घाइते भएका छन् । उनीको खुट्टा काटिएको छ। यो हप्ताभित्रै हुथीहरूले डुबाएको यो दोस्रो जहाज हो ।

हुथी समूहले नोभेम्बर २०२३ देखि अहिलेसम्म ७० वटा व्यापारी जहाजहरूमा आक्रमण गरिसकेको छ । जसमा मिसाइल, ड्रोन र साना डुंगाहरू प्रयोग गरिएको छ ।

रेड सीमा हुती विद्रोहीको आक्रमण,कार्गो जहाज डुब्दा ३ जनाको मृत्यु

तीमध्ये ४ वटा जहाज डुबिसकेका छन् । एउटा कब्जा गरिएको छ । आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । हुथीहरूका अनुसार उनीहरू गाजामा इजरायल र हमासबीचको युद्धमा प्यालेस्टिनीहरूलाई समर्थन गर्न यस्तो कारबाही गर्दैछन्।

तर उनीहरूले जहाजहरू इजरायल, अमेरिका वा बेलायतसँग सम्बन्धित भएको दावी धेरैजसो गलत साबित भएका छन्।

हालसम्म ६ जना डुबेका क्रु सदस्यहरू उद्धार गरिएका छन् । ५ जना फिलिपिनी र १ जना भारतीय हुन् । बाँकी १९ जना अझै हराइरहेका छन् ।

अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनिो डोमिङ्गुएजले पछिल्लो हमला र डुबेका जहाजहरूलाई ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भन्दै कूटनीतिक प्रयास तीव्र पार्न आह्वान गरेका छन् ।





Source link

Leave a Comment