रूसी सरकारसँग सम्बन्धको आरोपमा अमेरिकामा एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध

रूसी सरकारसँग सम्बन्धको आरोपमा अमेरिकामा एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध



प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

रूसी सरकारसँग सम्बन्धको आरोपमा अमेरिकामा एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध

अमेरिकाले रूसको सरकारसँग सम्बन्ध भएको आरोप लगाउँदै एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी फर्म क्यास्परस्कीले बनाएको एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध घोषणा गरेको हो ।

कम्पनीमा मस्कोको प्रभावले अमेरिकी पूर्वाधार र सेवाहरूमा महत्त्वपूर्ण जोखिम निम्त्याएको पाइएको अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले जनाएको छ । अमेरिकीहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्ने र हतियार बनाउने क्षमता र अभिप्रायका कारण अमेरिकाले कारबाही गर्न बाध्य भएको डिपार्टमेन्ट अफ कमर्श सेक्रेटरीको भनाई छ ।

क्यास्परस्कीले अब अमेरिकामा अन्य गतिविधिहरूका साथै यसको सफ्टवेयर बेच्न वा पहिले नै प्रयोगमा रहेको सफ्टवेयरमा अपडेटहरु प्रदान गर्न सक्षम हुनेछैन ।
कास्परस्कीले भने प्रतिबन्ध विरुद्ध लड्न सबै कानुनी विकल्पहरू पछ्याउने बताएको छ । यसले अमेरिकी सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिमा संलग्न नभएको दावी गरेको छ ।

black and yellow computer mouse on white desk

यो योजनाले रुस र चीन जस्ता राष्ट्रहरूबाट संचालिन टेक कम्पनीहरू र अमेरिकी फर्महरूबीचको कारोबारलाई प्रतिबन्ध लगाउन ट्रम्प प्रशासनद्वारा सिर्जना गरिएको व्यापक शक्तिहरू प्रयोग गर्दछ। यो योजनाले सेप्टेम्बर २९ देखि सफ्टवेयर अपडेट, पुन बिक्री र उत्पादनको इजाजतपत्रलाई प्रभावकारी रूपमा रोक्नेछ भने नयाँ व्यापार घोषणाको ३० दिन भित्र प्रतिबन्ध लगाइनेछ।

प्रतिबन्धहरू उल्लङ्घन गर्ने विक्रेता र पुनर्विक्रेताहरूले अमेरिकी सरकारबाट जरिवाना भोग्नेछन्। रूसी सैन्य गुप्तचरलाई कथित रूपमा सहयोग गरेको आरोपमा दुई रुसस्ी र बेलायतमा आधारित क्यास्परस्कीको एकाईलाई पनि अमेरिकी सरकारले सूचीबद्ध गरेको छ ।

यो कम्पनी लामो समयदेखि अमेरिकी नियामकहरूको निशानामा रहेको छ। सन् २०१७ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले संघीय सञ्जालहरूबाट यसको प्रमुख एन्टिभाइरस उत्पादनलाई रूसी खुफियासँगको सम्बन्धको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो ।

यो बहुराष्ट्रिय फर्मको मुख्यालय मस्कोमा रहेको भए पनि विश्वका ३१ देशमा यसका कार्यालयहरू छन् । यसले २०० भन्दा बढी देशहरूमा ४० करोड प्रयोगकर्ताहरू र २७०,००० कर्पोरेट ग्राहकहरूलाई सेवा प्रदान गर्दछ । अमेरिकामा प्रभावित ग्राहकहरूको संख्या गोप्य राखिएको छ । यद्यपी राज्य र स्थानीय सरकारहरू र दूरसञ्चार, उर्जा र स्वास्थ्य सेवा आपूर्ति गर्ने कम्पनीहरूको उल्लेख्य संख्याले यसको प्रयोग गरिरहेको छ ।

रूसी सरकारसँग सम्बन्धको आरोपमा अमेरिकामा एन्टीभाइरस सफ्टवेयर क्यास्परस्कीमा प्रतिबन्ध





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School