रूसी प्रतिनिधिमण्डलको अपेक्षा – “साउदी अरबमा हुने वार्ताबाट ‘केही प्रगति’ हासिल हुन्छ”



प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

संयुक्त राज्य अमेरिकाले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा मस्कोले गरेको बताएका छन्।

अमेरिकी कुटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटलका कोठाहरूबीचको ‘शटल डिप्लोमेसी’ को संज्ञा दिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन् ।

साउदी अरबमा सोमबार अमेरिकी र रुसी अधिकारीबीच छुट्टाछुट्टै बैठक हुनेछ । मस्कोले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि अमेरिका र युक्रेनको संयुक्त प्रस्तावलाई अस्वीकार गरेको छ ।

रूसी प्रतिनिधिमण्डलको अपेक्षा – “साउदी अरबमा हुने वार्ताबाट ‘केही प्रगति’ हासिल हुन्छ”

रूसी प्रतिनिधिमण्डलको अपेक्षा – “साउदी अरबमा हुने वार्ताबाट ‘केही प्रगति’ हासिल हुन्छ”

मस्को र किएभ दुवैले वार्ताको दौडान आक्रमण जारी राखेका छन्।

शुक्रबार राति दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी आक्रमणमा परी एकै परिवारका तीन जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरू आक्रोशित भएका छन् ।

युक्रेनको आपतकालिन सेवाले आइतबार बिहानै भनेको छ, “रुसले किएभमा ड्रोन अपार्टमेन्टका भवनहरूमा आक्रमण गरेको, आक्रमणमा आगलागीसमेत भएको र कम्तीमा दुई जनाको मृत्यु भएको थियो।”

किएभका मेयर भिटाली क्लिट्स्कोले आइतबार ‘शत्रु युएभीको ठूलो आक्रमण’ का कारण शहरका विभिन्न जिल्लामा भग्नावशेष खस्दा सात जना घाइते भएको बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी ड्रोनलाई नष्ट गरेको जनाएको छ ।

रूसी प्रतिनिधिमण्डलको अपेक्षा – “साउदी अरबमा हुने वार्ताबाट ‘केही प्रगति’ हासिल हुन्छ”

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने रुसी सिनेटर ग्रिगोरी कारासिनले ज्वेज्दा टिभी च्यानलसँग भने, “हामी कम्तीमा केही प्रगति हासिल गर्ने आशा गर्छौं।”

उनले आफू र एफएसबीका सल्लाहकार सर्गेई बेसेडाले वार्ताले ‘जुझारु र रचनात्मक’ मुड लिने बताएका छन् ।

युक्रेनका एक वरिष्ठ अधिकारीले एक दिनअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा, पूर्वाधार र समुद्रमा हुने आक्रमणलाई समेट्ने गरी आंशिक युद्धविरामका लागि ‘कम्तीमा’ सहमति हासिल गर्ने आशा राखेको छ । किएभले आफ्ना रक्षामन्त्रीलाई वार्तामा पठाउँदैछ ।

“हामी कम्तीमा एउटा मुद्दाको समाधानका लागि लड्ने मनस्थितिमा छौँ,” रुसको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको ज्वेज्दासँग कुरा गर्दै कारासिनले भने ।

उनीहरु आइतबार साउदी अरब जान लागेको र मङ्गलबार फर्किने उनले बताए ।





Source link

Leave a Comment