रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना


रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारसंस्था सिएनएनका अनुसार १४५ जना घाइते भएका छन्।

शुक्रबार राति मस्कोमा रहेको प्रसिद्ध क्रोकस सिटी हलमा भेटेरन रक ब्यान्डले आयोजना गरेको कन्सर्टमा आक्रमणकारी समूह प्रवेश गरेर गोलाबारी गरेको हो।

उक्त समूहले दर्शकमाथि स्वचालित हतियारबाट गोली प्रहार गर्नका साथै विस्फोटक पदार्थ पनि प्रहार गरेको जनाइएको छ। सिटी हल भवनमा आगलागी समेत भएको छ। उक्त आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको सिएनएनले जनाएको छ।

उक्त हलमा कन्सर्टबाहेक सपिङ मल पनि सञ्चालित छ। जसमा एकैसाथ ६ हजारभन्दा बढी मानिस अट्नसक्ने जनाइएको छ। हमलापछि आक्रमणकारी समूह त्यहाँबाट भाग्न सफल भएको बताइएको छ।

लामो समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह ‘आइएसआइएल’ ले हमलामा आफ्नो संलग्नता रहेको दाबी गरेको छ। उसले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको बयान दिएको छ। यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

मस्कोमा यो पछिल्लो दशयकयताकै सबैभन्दा  घातक आतंककारी हमला मानिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो कार्यकालको लागि भएको निर्वाचनमा भारी बहुमतले विजयी भएको भनिएको एक हप्ताभन्दा कम समयभित्रै शुक्रबार यो हमला भएको छ।

घटनापछि मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘भयानक त्रासदी’ भनेका छन्। ‘पीडितका प्रियजनलाई मेरो समवेदना। मैले घटनाको समयमा पीडित सबैलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन आदेश दिएको छु,’ सर्गेईले विज्ञप्तिमार्फत भनेका छन्। यस्तै यो सप्ताहन्तमा मस्कोमा हुने सबै खेलकुद, सांस्कृतिक र अन्य सार्वजनिक कार्यक्रमहरू रद्द गरेको जनाएका छन्।

अमेरिकाले पहिल्यै दिएको थियो सूचना

संयुक्त राज्य अमेरिकाले रूसमा अतिवादीवादीहरूले आक्रमण गर्न सक्ने भन्दै जारी महिना मार्चको सुरुवातमै सूचना सार्वजनिक गरेको थियो। रसियामा रहेको अमेरिकी दूतावासले मस्कोका कन्सर्टहरूसहित ठूला जमघट हुने क्षेत्र लक्षित गर्दै अतिवादीहरूले आक्रमण गर्ने योजनामा रहेको आफ्ना अनुगमन रिपोर्टले देखाएको जनाएको थियो। दूतावासले उक्त सूचना सार्वजनिक गर्दै मस्कोमा रहेका अमेरिकी नागरिकलाई ठूलो जमघटमा सहभागि नभई सतर्कता अपनाउन भनेको थियो।

घटनापछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले अमेरिकी सरकारले मस्कोमा नियोजित आतंकवादी हमलाको बारेमा पहिल्यै जानकारी पाएको जनाएका छन्। ‘अमेरिकी सरकारले पनि आफ्नो लामो समयदेखिको ‘सतर्कता गर्ने कर्तव्य’ नीति अनुसार यो जानकारी रूसी अधिकारीहरूसँग समन्वय गरेको थियो,’ वाट्सनले भने।

तर, मंगलबारको एक भाषणमा रूसी राष्ट्रपति पुटिनले अमेरिकी सूचनालाई ‘उत्तेजक’ भनी टिप्पणी गरेका थिए। जसमा उनले ‘यी कामहरू पूर्ण रूपमा ब्ल्याकमेल र हाम्रो समाजलाई डराउने र अस्थिर पार्ने मनसाय जस्तै देखिन्छन्।’ भनेर वक्तव्य दिएका थिए।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: १० चैत्र २०८० १०:२४ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School