रुस र युक्रेनबीच हुने वार्तालाई सघाउन अमेरिकी विदेशमन्त्री रुबियो टर्की जाने



प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

अमेरिका विदेशमन्त्री मार्को रुबियो टर्की जाने भएका छन । उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की पठाउने घोषणा गरेका हुन । रुस र युक्रेनकाबीचमा हुन लागेको वार्ताको सहजिकरणका लागि रुबियोलाई राजधानी इस्टानबुल पठाउन लागेको उनले बताएका हुन ।

ट्रम्पले मंगलबार विदेशमन्त्री मार्को रुबियो युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित वार्ताका लागि बिहीबार इस्तानबुल जान लागेका घोषणा गरेका छन्।

रियाधमा आयोजित साउदी अमेरिका लगानी मञ्चमा बोल्दै ट्रम्पले भने, “म रुस र युक्रेनबीचको यो भयानक रक्तपात अन्त्य गर्न निरन्तर प्रयासरत छु। वार्ता टर्कीमा हुँदैछ, र राम्रो नतिजा आउन सक्छ।”

रुस र युक्रेनबीच हुने वार्तालाई सघाउन अमेरिकी विदेशमन्त्री रुबियो टर्की जाने

रुस र युक्रेनबीच हुने वार्तालाई सघाउन अमेरिकी विदेशमन्त्री रुबियो टर्की जाने

उनले थपे, “हाम्रा मान्छेहरू त्यहाँ जाने छन् – मार्को जान लागेका छन्, अरू पनि। हेरौ के हुन्छ।”
ट्रम्प आफैं वार्तामा सहभागी हुने सम्भावना खुला रहेको बताइएको छ । पुटिनको सहभागितामा ट्रम्प को सहभागिता निर्भर रहने अमेरिकी अधिकारीहरूले बताएका छन्।

क्रेमलिनले पुटिनको सहभागिताबारे अझै पुष्टि गरेको छैन। यो वार्ता दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्वको तीन वर्षभन्दा बढी समयपछि शान्तिको प्रयासमा केन्द्रित छ।

सन् २०२२ मा रूसको पूर्ण आक्रमणपछि सुरु भएको युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा शान्ति पहल तीव्र बनेको छ।

युक्रेनले वार्ताको लागि तयार रहे पनि पहिला युद्धविराम हुनुपर्ने अडान राखेको छ, जुन युरोपेली सहयोगीहरूले समर्थन गरेका छन्।
रूसका उपविदेशमन्त्री सर्गेई रियाब्कोभले मस्को गम्भीर वार्ताका लागि तयार रहेको तर कीभको वार्ता क्षमतामाथि शंका व्यक्त गरे।

अमेरिकाले रूससँग स्थल, वायु, समुद्र र महत्वपूर्ण पूर्वाधारमा ३० दिनको युद्धविराम चाहेको छ। युरोपेली राष्ट्रहरूले रूसले युद्धविराम अस्वीकार गरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

रुस र युक्रेनबीच हुने वार्तालाई सघाउन अमेरिकी विदेशमन्त्री रुबियो टर्की जाने





Source link

Leave a Comment