रुस–युक्रेन युद्धमा ५० हजार व्यक्ति हराइरहेको अनुमान, अनुसन्धान भइरहेको रेडक्रसको भनाई



प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

रुस–युक्रेन युद्धमा ५० हजार व्यक्ति हराइरहेको घटना सार्वजनिक भएको छ । ति हराइरहेका र वेपत्ता भएका व्यक्तिहरुको अवस्थाबारे अनुसन्धान भइरहेको रेडक्रसले बताएको छ ।

युक्रेनमा विगत तीन वर्षदेखि जारी रुसी युद्धमा ‘बेपत्ता पारिएका करिब ५० हजार व्यक्ति’ को अवस्था के भयो भनेर पत्ता लगाउने प्रयास भइरहेको रेडक्रसले बताएको हो ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले पनि करिब १६ हजार युद्धबन्दी र दुवै पक्षबाट हिरासतमा रहेका सर्वसाधारणका बारेमा जानकारी गराइएको जनाएको छ ।

रुस–युक्रेन युद्धमा ५० हजार व्यक्ति हराइरहेको अनुमान, अनुसन्धान भइरहेको रेडक्रसको भनाई

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले पूर्ण रूपमा आक्रमण गरेको केही समयपछि आईसीआरसीले द्वन्द्वमा हराइरहेका दुवै पक्षका नागरिकहरूको खोजीगर्न सीटीए को एक विशेष विभाग गठन गरेको थियो ।

“सन् २०२४ को फेबु्रअरीदेखि अहिलेसम्म हराएका व्यक्तिको सङ्ख्या दोब्बरभन्दा बढीले बढेको छ ।

यो सङ्ख्या अहिलेसम्म करिब ५० हजार पुगेको छ सीटीए विभागका प्रमुख दुसान वुजासानिनले जेनेभामा पत्रकारसँग भनेका छन ।

एक वर्षपहिले विभागले युद्धमा बेपत्ता भएका करिब २३ हजार व्यक्तिको भविष्य पत्ता लगाउने प्रयास गरिरहेको बताएको थियो ।

उनीहरू घरबाट भागेपछि पक्राउ परेका, मारिएका वा सम्पर्कविहीन भएकोले पत्ता लगाउने प्रयास गरिरहेको उसले जनाएको थियो ।

रुस–युक्रेन युद्धमा ५० हजार व्यक्ति हराइरहेको अनुमान, अनुसन्धान भइरहेको रेडक्रसको भनाई

विभागको कामको उद्देश्य बेपत्ता हुनबाट रोक्नु, बेपत्ता भएकाहरूको खोजी गर्नु र उनीहरूका परिवारलाई जतिसक्दो चाँडो जानकारी दिनु हो ।





Source link

Leave a Comment