रुसी विपक्षी कार्यकर्ता दादिन युद्धमा मारिए , पुटिन सत्ताच्यूत भएको हेर्ने सपना अधुरै

रुसी विपक्षी कार्यकर्ता दादिन युद्धमा मारिए , पुटिन सत्ताच्यूत भएको हेर्ने सपना अधुरै



प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार

प्रसिद्ध रुसी विपक्षी कार्यकर्ता इल्दार दादिन मारिएका छन । उनलाई भर्ती गर्ने समूह सिभिक काउन्सिलले दादिनको मृत्यु भएको पुष्टि गर्दै उनलाई वीरको रूपमा सम्झना गरको छ । दादिन युक्रेनको तर्फबाट आफनै देश बिरुद्ध लडिरहेका थिए ।

दादिनको खार्किभ क्षेत्रको उत्तरपूर्वी युक्रेनमा रूसी तोप हमलामा मृत्यु भएको हो । उनी र उनको स्वयमसेवी बटालियन फ्रीडम अफ रशिया लिजनका सैनिकहरू लडिरहेको स्थानमा तोप हमला भएको थियो ।

रुसमा राजनीतिक दमन तीब्र हुँर्दै गएको बेला इल्दार दादिन रुसमा शान्तिपूर्ण विरोध प्रदर्शनको लागि परिचित बनेका थिए । शान्तिवादीका रूपमा चिनिने दादिनले आक्रामकता, सामूहिक हत्या, यातना, बलात्कार र लुटपाटका कारण आफुले हतियार उठाएको बताएका थिए ।

उनले र अन्य रुसियालीहरूले भ्लादिमिर पुटिनलाई रोक्न असफल भएको र प्रहरीको हिंसा र जेलको धम्कीले आफूहरूलाई सडकबाट तर्साएको बताएका थिए ।

दादिन सन् २०२३ को जूनमा साइबेरियन बटालियनमा सामेल भए । त्यसपछि गत जाडोमा उनी फ्रीडम अफ रशिया लिजनमा स्थानान्तरण भए । दुबै युक्रेनी सशस्त्र बलको आधिकारिक हिस्सा हुन् ।

यस बटालियनका धेरै सदस्यहरू रुसी नागरिक हुन् । उनीहरुले युक्रेनलाई भ्लादिमिर पुटिनलाई पराजित गर्न सहयोग गर्ने आशा गरेका छन् । जसलाई पुटिनको शासन अन्त्य गर्ने पहिलो कदमका रूपमा हेरिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School