रुसी राष्ट्रपति पुटिन र मङ्गोलियन समकक्षी उखनागिनसँग भेटवार्ता



प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गर्नुभएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उहाँको यो पहिलो भ्रमण हो।

आइसिसी, कियभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए ।

त्यसपछि उहाँले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गर्नुभएको हो ।

सन् २०२२ मा रुसी सेनाले देशमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ ।

अधिकारीहरूले उहाँलाई विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको “युद्ध अपराध” का लागि मङ्गोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएको छ ।

कियभले मङ्गोलियालाई गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न आग्रह गरेको थियो । आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने “दायित्व” सम्पुर्ण सदस्य राष्ट्रहरुको रहेको बताएको थियो ।

विशाल रूस र चीनबिच अवस्थित मङ्गोलियाको मस्कोसँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै बेइजिङसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ ।

रुसी राष्ट्रपति पुटिन र मङ्गोलियन समकक्षी उखनागिनसँग भेटवार्ता

यो सोभियत युगमा मस्कोको अधीनमा रहेको थियो ।

सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि मङ्गोलियाले क्रेमलिन र बेइजिङ दुबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ ।

देशले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन साथै संयुक्त राष्ट्रमा द्वन्द्वमा मतदान गर्दा अनुपस्थित रहेको थियो ।

गत हप्ता क्रेमलिनले भ्रमणका क्रममा पुटिनलाई पक्राउ गरिने चिन्ता नभएको जनाएको थियो ।





Source link

Leave a Comment