प्रकाशित मिति : माघ १६, २०८१ बुधबार
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीँसँग रुसले वार्ता नगर्ने बताएको छ । जेलेन्स्की अबैध भएकाले उनीसँग वार्ता बस्नुको कुनै औचित्य नरहेको रुसले दावी गरेको हो । युक्रेनसँग बार्ता गर्न रुस तयार छ तर जेलन्स्कीसँग वार्ता अस्वीकार्य छ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन ।
जेलेन्स्कीको उपस्थितीले वार्तालाई सहयोग पुर्याउदै त्यसैले उनलाई स्वीकार गर्दैनौ पुटिनले भनेका छन । जेलेन्स्कीको कार्यकाल गतबर्ष नै सकिएको बताउदै सैन्य कानुन लगाएर टिकिरहेका अबैध व्यक्तिसँग वार्ता नहुने पुटिनको अडान छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन । वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की ट्रम्पले दिएका छन ।
साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने रुसको माग रहेको छ । पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घटाए भने लडाइँ दुई महिना भित्रै समाप्त हुने पुटिनको दावी छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताएका छन ।
रुस र युक्रेनबीच युद्ध सुुरु भएको तिन बर्ष हुन लागेको छ । युद्धमा ठूलो धनजनको क्षति भएको छ । दुवै देशले एकअर्का बिरुद्ध पछिल्ला दिनहरुमा हमलालाई तिब्र बनाएका छन ।