रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु


रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।

बीबीसीका अनुसार बलियो विपक्षी अभावका कारण औपचारिकता पूरा गर्न मात्रै राष्ट्रपति निर्वाचन हुन लागेको छ।

यसपटकको निर्वाचनबाट पनि भ्लादिमिर पुटिन नै राष्ट्रपतिमा निर्वाचित हुने तय छ। उनी योसँगै पाँचौ पटक रुसको राष्ट्रपतिमा निर्वाचित हुनेछन् र उनको कार्यकाल २०३० सम्म कायम रहने छ।

यसअघि बिहीवार राष्ट्रपति पुटिनले मतदातहरूलाई निर्वाचनमा भाग लिन र मतदान गर्न अपिल गरेका थिए। 

प्रकाशित: २ चैत्र २०८० १०:५२ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School