रुसमा आक्रमणकारीको हमला , प्रहरी सहित १८ जनाको मृत्यु

रुसमा आक्रमणकारीको हमला , प्रहरी सहित १८ जनाको मृत्यु



प्रकाशित मिति : असार १०, २०८१ सोमबार

रुसको उत्तरी काकेशसस्थित दागेस्तानमा सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा परी कम्तीमा १८ जनाको आइतबार मृत्यु भएको छ ।

दागेस्तानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो । आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा यहूदी पूजास्थल र प्रहरी चौकीमा आक्रमण गरेका थिए।

यस हमलामा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । आक्रमणकारीमध्ये छ जना मारिएको पनि समाचारमा उल्लेख गरिएको छ ।
रुसी प्रहरीले यो आक्रमणको अनुसन्धान सुरु गरेको छ । आक्रमणकारीको खोजी भइरहेको छ ।

सशस्त्र आक्रमणकारीहरूले शताब्दीयौं पुरानो चाडपर्वहरू मनाइने शहर डर्बेन्ट र मखाचकलालाई निशाना बनाएका थिए । आक्रमणकारीको अझै पहिचान हुन सकेको छैन ।

सामाजिक सञ्जालमा शेयर भइरहेका तस्बिरमा कालो कपडा लगाएका आक्रमणकारीले प्रहरीको गाडी र आपतकालीन सेवा टोलीमाथी आक्रमण गरिरहेको देख्न सकिन्छ ।

यहूदीहरूको पुरानो सहर डर्बेन्टमा आक्रमणकारीहरूले पहिले एउटा सभाघरमा गोली हाने र त्यसपछि आगो लगाए । दागेस्तान रूसको सबैभन्दा पिछडिएको क्षेत्र हो । जुन मुस्लिम बहुल प्रान्त पनि हो ।

अक्टोबर २०२३ मा, प्यालेस्टाइन समर्थकहरूको भीड यहूदी यात्रुहरूको खोजीमा दागेस्तानको एयरपोर्टमा प्रवेश गरेको थियो । यो घटना इजरायल र हमासबीच अक्टोबर ७, २०२३ मा सुरु भएको द्वन्द्वपछिको ठुलो घटना हो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School