प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपको सेना बनाउन प्रस्ताव गरेका छन ।
रुसका विरुद्ध सुरक्षा गर्न युरोपको सेना आवश्यक भएको भन्दै उनले उक्त प्रस्ताव गरेको बताएका हुन ।
अमेरिकाले युरोपको सुरक्षा गर्न नसकिने बताउन थालेपछि जेलेन्स्कीले युरोपको सेनाको प्रस्ताव गरेका हुन ।
म्युनिक सम्मेलनमा बोल्दै उनले युक्रेनसँग सहमति बिना गरिएका कुनैपनि सम्झौतालाई युक्रेन मान्न बाध्य नहुने उनले बताए ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ता सुरु गर्न सहमति जनाएपछि जेलेन्स्कीसँगै युरोपका देशहरुले असन्तुष्टि जनाएका देखिएको छ ।
युरोपेली लोकतन्त्रलाई आक्रमण गर्दै अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युरोपलाई रक्षा सुदृढ गर्न आवश्यकता रहेको बताएका थिए ।
अमेरिकाका उपराष्ट्रपतिले युरोप र अमेरिकाबीचको पुरानो सम्बन्धको दशक समाप्त हुँदै गरेको स्पष्ट पारेका छन ।
युरोपको सेना बनाउने विचार अरू युरोपका नेताहरूले पनि प्रस्ताव गरेका देखिएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले लामो समयदेखि युरोपीय संघको आफ्नै सेना हुनुपर्ने आवाज उठाइरहेका छन । जेलेन्स्कीले रूस युरोपसँगको युद्धको तयारी गर्दै गरेको चेतावनी समेत दिएका छन ।


