रुसद्धारा बीबीसीका पत्रकारलाई ‘विदेशी एजेन्ट’ घोषणा



प्रकाशित मिति : माघ १२, २०८१ शनिबार

रुसले बीबीसीका पत्रकारलाई ‘विदेशी एजेन्ट’घोषणा गरेको छ । बीबीसी रुसी सेवाका ओल्गा इभशिनालाई ‘विदेशी एजेन्ट’को रूपमा सूचीबद्ध गरेको हो ।

लण्डनमा बसोबास गर्ने इभशिना रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता विदेशी एजेन्टको रूपमा सूचीबद्ध गरेको चौथो बीबीसी पत्रकार हुन् ।

पछिल्लो हप्ता बीबीसी रुसी सेवा वरिष्ठ सम्पादक आनास्तासिया लोटारेभा र लण्डनका पत्रकार आन्द्रेइ कोजेन्कोलाई पनि यो सूचीमा राखिएको थियो ।

‘विदेशी एजेन्ट’ घोषणा गरिएका व्यक्तिले रूसमा उपलब्ध कुनै पनि अनलाइन सामग्रीमा उक्त कुरा उल्लेख गर्नुपर्ने र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । यसो नगरे जरिवाना वा जेल सजाय हुनसक्छ ।

बीबीसीका प्रवक्ताले रुस सरकारको पछिल्लो कदमको प्रतिवाद गर्दै चुनौती दिने बताएका छन् ।

यो बेलामा ‘स्वतन्त्र र निष्पक्ष’रिपोर्टिङ गर्ने बीबीसी रुसी पत्रकारहरूको भूमिका अहिले झन् आवश्यक छ भन्दै रूसी भाषी दर्शकहरूको सेवाका लागि काम गर्न सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School