रिपब्लिकन नै डेमोक्र्याटहरूसँग मिलेपछि इन्डियानामा ट्रम्पलाई झड्का



प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

रिपब्लिकन नै डेमोक्र्याटहरूसँग मिलेपछि इन्डियानामा ट्रम्पलाई झड्का

अमेरिकाको इन्डियानामा नयाँ बनाइएको संसदीय नक्सा अस्वीकृत भएको छ । सिनेटले २०२६ को मध्यावधि चुनावमा रिपब्लिकनलाई फाइदा हुने गरी बनाइएको नयाँ नक्सा मतदानको प्रक्रियाबाटै अस्वीकार गरेको हो ।

यो नतिजाले महिनौँदेखि ह्वाइट हाउसले चलाइरहेको दबाब अभियानलाई ठाडै चुनौती दिएको छ । रिपब्लिकन सांसदहरू नै डेमोक्र्याटहरूसँग मिलेर यो परिवर्तनको विरोधमा उभिएका छन् । यो प्रक्रिया सामान्यतया जनसंख्या परिवर्तनका आधारमा १० वर्षमा एकपटक गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन नेताहरूलाई पार्टीलाई फाइदा हुने गरी निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्न आग्रह गरेपछि देशभर नै पुनःनिर्धारणको लडाइँ शुरू भएको छ ।

रिपब्लिकनद्वारा सञ्चालित टेक्सास र डेमोक्र्याटद्वारा सञ्चालित क्यालिफोर्नियासहित धेरै राज्यहरूमा नक्सा पुनःनिर्धारणको प्रक्रिया अघि बढ्दैछ । यसअघि युटाह, ओहायो, न्यु ह्याम्पसायर, मिसौरी र इलिनोइसजस्ता राज्यहरूमा पनि पुनःनिर्धारण प्रयास शुरू भइसकेका छन् ।

गत हप्ता राज्यको प्रतिनिधि सभाबाट पारित नक्साले रिपब्लिकनलाई कम्तीमा दुई अतिरिक्त सिट दिलाउने सम्भावना थियो । तर बिहीबार सिनेटमा भएको मतदानमा १९–३१ को मतान्तरले प्रस्ताव अस्वीकृत हुन पुगेको हो । इन्डियानाका रिपब्लिकन गभर्नर माइक ब्राउनले यो नतिजाप्रति “धेरै निराश” भएको बताएका छन् ।

इन्डियानाका रिपब्लिकनहरूले ट्रम्पको कडा दबाबका बाबजुद प्रस्ताव अस्वीकार गरेका हुन् । ट्रम्पले प्रस्तावलाई समर्थन नगर्ने रिपब्लिकन सांसदहरूले आफ्नो सिट गुमाउन सक्ने चेतावनी दिएका छन् । राज्य सिनेटका नेता रड्रिक ब्रे नक्सा परिवर्तन प्रयासको विरोधमा उत्रिएका थिए ।

भोटअघि ट्रम्पले इन्डियानाका सांसदहरूलाई ह्वाइट हाउसमा बोलाएर दबाब दिएका थिए । उनले उपराष्ट्रपति जेडी भान्सलाई पनि दुईपटक इन्डियाना पठाएर समर्थन बढाउन प्रयास गरेका थिए । झन्डै दर्जनजति इन्डियानाका रिपब्लिकन सांसदहरूले भोटअघि आफूहरूलाई धम्की दिइएको खुलासा गरेका छन् ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment