रास्वपा लक्षित सिंहको टिप्पणी: ताण्डव नृत्य देखाइरहेका छन्


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन्।

रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर पनि गरे। पुरानो दलको विरोध गर्नेहरूले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाइरहेको उनको भनाइ थियो।

नेता सिंहले कांग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नेगरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: २४ चैत्र २०८० १९:५६ शनिबार





Source link

Leave a Comment