राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते


राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ।

बुधबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने जानकारी गराएका हुन्।

उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए।

प्रकाशित: २१ चैत्र २०८० १५:०५ बुधबार





Source link

Leave a Comment