राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तोकिने

राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तोकिने


राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

साथै विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर पनि उनले गर्नेछन्।

आजको बैठकबाट अध्यक्ष दाहालले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने छन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९÷८० सभासमक्ष पेश गर्ने कार्यसूचि पनि रहेको छ।

प्रकाशित: २१ चैत्र २०८० ०८:५७ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School