राष्ट्रपति बाइडेनद्धारा सामाजिक सुरक्षा विधेयकमा हस्ताक्षर, सार्वजनिक क्षेत्रका कर्मचारीहरू खुशी



प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

अमेरिकामा अग्निनियन्त्रक र शिक्षकलगायत सार्वजनिक क्षेत्रका कर्मचारीहरूले घटाइएका सामाजिक सुरक्षा सुविधाहरु पुन पाउने भएका छन ।

राष्ट्रपति जो बाइडेनले सामाजिक सुरक्षा विधेयकमा हस्ताक्षर गरेपछि सुविधाहरु प्राप्त गर्ने बाटो खुलेको हो ।

जीवनभर इमानदार मेहेनत गरेर कमाइ गरेका अमेरिकीहरूले आर्थिक सुरक्षासहित र सम्मानपूर्वक अवकाश लिन सक्षम हुनुपर्छ भन्ने मनसायले सोशल सेक्युरिटी फेयरनेस एक्ट मा हस्ताक्षर गरेको बाइडेनले भनेका छन ।

झन्डै ९० वर्षअघि पूर्व राष्ट्रपति फ्रान्कलिन डेलानो रुजवेल्टले सामाजिक सुरक्षा प्रणालीको उद्देश्य बनाएका बाइडेनले स्मरण गरेका छन ।

गत महिना सिनेटले सोशल सेक्युरिटी फेयरनेस एक्ट पास गरेको थियो । यो विधेयक प्रतिनिधि सभामा पनि पारित भएको थियो।

यस विधेयकले हटाएको मध्ये एक नियम विन्डफल इलिमिनेसन प्रावधान (WEP) हो ।

जुन १९८३ मा लागू गरिएको थियो। यसले सामाजिक सुरक्षा प्रणालीले समेटेका नभइ सरकारी पेन्सन पाउने कर्मचारीहरूको सामाजिक सुरक्षा लाभ घटाएको थियो ।

विधेयकले १९७७ मा लागू गरिएको गभर्नमेन्ट पेन्सन अफसेट (GPO) लाई पनि हटाएको छ । यसले सार्वजनिक क्षेत्रका पेन्सन पाउने पति, पत्नी, र विधवाहरूको लाभ कटौती गरिरहेको थियो ।

राष्ट्रपति बाइडेनद्धारा सामाजिक सुरक्षा विधेयकमा हस्ताक्षर, सार्वजनिक क्षेत्रका कर्मचारीहरू खुशी





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School