राष्ट्रपति ट्रम्पको तेस्रो कार्यकालबारे चर्चा : सभामुख जोनसनले भने – ‘संविधानले अनुमति दिँदैन’

प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार

राष्ट्रपति ट्रम्पको तेस्रो कार्यकालबारे चर्चा : सभामुख जोनसनले भने – ‘संविधानले अनुमति दिँदैन’

अमेरिकी सभामुख माइक जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो कार्यकालबारे छलफल भएको बताउँदै यस्तो कदम संविधान अनुसार सम्भव नभएको स्पष्ट पारेका छन्।

मंगलबार पत्रकारहरूसँगको संवादमा जोनसनले भने, “खैर, २२औं संशोधन त छ नि।”

उनले थपे, “यो एक शानदार यात्रा भएको छ । तर, राष्ट्रपति स्वयं पनि संविधानका सीमाबारे जान्नुहुन्छ । हामीबीच त्यसबारे कुरा भइसकेको छ।”

राष्ट्रपति ट्रम्पको तेस्रो कार्यकालबारे चर्चा : सभामुख जोनसनले भने – ‘संविधानले अनुमति दिँदैन’

राष्ट्रपति ट्रम्पको तेस्रो कार्यकालबारे चर्चा : सभामुख जोनसनले भने – ‘संविधानले अनुमति दिँदैन’

ट्रम्पको सम्भावित तेस्रो कार्यकालबारे पुनः बहस सुरु भएको छ । उनका पूर्व रणनीतिक सल्लाहकार स्टिभ ब्याननले द इकोनोमिस्टसँगको अन्तर्वार्तामा २०२९ पछि पनि ट्रम्पलाई सत्तामा राख्ने योजना बनिरहेको बताएका थिए। ब्याननले भनेका थिए, “उपयुक्त समयमा हामी त्यो योजना के हो भनेर सार्वजनिक गर्नेछौं।”

त्यसपछि अमेरिकी राजनीतिक वृत्तमा ट्रम्पले उपराष्ट्रपतिका रूपमा उम्मेदवारी दिएर चुनावपछि पुनः राष्ट्रपति बन्न सक्ने सम्भावनाबारे अड्कलबाजी फैलिएको थियो। तर, सोमबार ट्रम्पले उक्त विचारलाई अस्वीकार गर्दै भने, “यो धेरै रमाइलो कुरा हो । तर, सही होइन।”

यद्यपी, उनले पूर्ण रूपमा तेस्रो कार्यकालको सम्भावनालाई नकारेनन्। ट्रम्पले भने, “मैले साँच्चै यसबारे खासै सोचेको छैन।”

राजनीतिक विश्लेषकहरूले ट्रम्पको यो अभिव्यक्तिलाई २०२८ को अमेरिकी राष्ट्रपति चुनावतर्फको प्रारम्भिक संकेतका रूपमा व्याख्या गरेका छन्। अमेरिकी संविधानको २२औं संशोधन अनुसार कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी अमेरिकी राष्ट्रपति हुन सक्दैनन् ।

Source link

Leave a Comment