राष्ट्रपति उम्मेदबार बन्न कमला ह्यारिसलाई प्रयाप्त डेलिगेटहरुबाट समर्थनको वाचा



प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

राष्ट्रपति उम्मेदबार बन्न कमला ह्यारिसलाई प्रयाप्त डेलिगेटहरुबाट समर्थनको वाचा

बहुसंख्यक डेमोक्र्याटिक डेलिगेटहरुले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको रूपमा उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्ने वाचा गरेका छन् । यसबाट अब अर्को महिना हुने नेशनल कन्भेन्सनमा ह्यारिसको उम्मेदवारी सुरक्षित हुने सम्भावना रहेको संकेत मिलेको छ ।

पहिलो चरणको मतदानमा मनोनयन जित्नका लागि उम्मेदवारलाई करिब ४ हजार मध्ये कम्तीमा १ हजार ९ सय ७६ डेलिगेटको समर्थन चाहिन्छ। सोमबार साँझसम्म कम्तिमा तीन दर्जन राज्यका २२१४ डेलिगेटले ह्यारिसलाई समर्थन गर्ने वाचा गरेका छन् ।

राष्ट्रपति उम्मेदबार बन्न कमला ह्यारिसलाई प्रयाप्त डेलिगेटहरुबाट समर्थनको वाचा
(लरेन्स ज्याक्सन/आधिकारिक व्हाइट हाउस फोटो)

यी प्रतिज्ञाहरू ह्यारिसको लागि प्रतीकात्मक समर्थन हो । डेलिगेटहरुले पछि आफ्नो मन परिवर्तन गर्न समेत सक्छन्। डेलिगेटहरुले औपचारिक रूपमा मतदान नगरेसम्म ह्यारिस आधिकारिक रूपमा पार्टीक तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्ने छैनन्।

ह्यारिसले आफ्नो चुनावी अभियानको सुरुवात सोमबार विल्मिंगटन, डेलावरमा रहेको मुख्यालयमा उपस्थित भएर गरिसकेकी छिन् । राष्ट्रपति बाइडेनको सप्राइज फोन कल लिदै उनले अभियानको सुरुवात गरिन् । चुनावी दौडबाट बाहिरिएपछि बाइडेनले ह्यारिसका वरिपरि गोलवद्ध हुन आग्रह गरेका थिए ।





Source link

Leave a Comment